काठमाडौं- कर्णालीका प्रदेशमा नेपाली कांग्रेसले बहुमतसहित सरकारको दाबी गर्ने भएको छ। सत्ताको नेतृत्वबाट बाहिरिएको माओवादी केन्द्र समेतको समर्थनमा कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीबन बहादुर शाहीले सरकारको दाबी गर्न लागेका हुन्।
सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कर्णालीका प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले आज साँझ ७ :३० बजेसम्मको समय दिएर नयाँ मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन्।
कांग्रेस सांसद हिम बहादुर शाहीले केन्द्रको गठबन्धन अनुसार कै सरकार बन्ने बताए। 'तीन दलको समर्थनसहित कांग्रेसबाट जीवन बहादुर शाही मुख्यमन्त्री बन्नुहुन्छ। बहुमतसहित सरकारको दाबी केही बेरमै गर्छौं' उनले भने।
सोही अनुसार माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ३ प्रदेश सभा सदस्यको समर्थन सहित कांग्रेसले कर्णालीमा सरकारको नेतृत्वको दाबी गर्ने भएको हो। कर्णालीमा कांग्रेसका ६ सांसद छन्। ३५ जना प्रदेश सभा सदस्य रहेको कर्णालीमा बहुमतका लागि १८ सांसद आवश्यक पर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।