• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चोलेन्द्र चाहना– न्यायाधीशको आन्दोलन तुहाउने, पद जोगाउने!

64x64
दुर्गा दुलाल सोमबार, कात्तिक १५, २०७८  २२:१६
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई ‘बटम लाइन’ बनाएर ‘आन्दोलन’मा रहेका सर्वोच्च अदालतका न्यायाधीश समक्ष आइतबार एक अप्रत्यासित प्रस्ताव आयो। प्रस्ताव प्रधानन्यायाधीश जबराकै थियो। 

प्रत्यक्ष भेटेर राजीनामा माग्दा महाअभियोग सामना गर्न तयार रहेको ‘जवाफ’ दिएका जबराले आइतबार आन्दोलनरत न्यायाधीश समक्ष ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव राखेका थिए। आफू निकटका न्यायाधीश मनोज शर्मामार्फत् जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका थिए। 

गत आइतबार (कात्तिक ७ गते) चिया समयपछि इजलास बहिस्कार गरेर आन्दोलनमा लागेका न्यायाधीशहरुले मंगलबार जबरालाई भेटेर सहज निकासका लागि राजीनामा दिन सुझाव दिएका थिए। जवाफमा जबराले राजीनामा नदिने, बरु संवैधानिक विकल्प (महाअभियोग)को सामना गर्न तयार रहेको बताएका थिए। जबराले राजीनामा नदिने ‘अड्डी’ कसेपछि नेपाल बार एसोसिएसनले औपचारिक रुपमा आन्दोलन नै घोषणा गर्‍यो। पदत्यागका लागि बारले बुधबार (कात्तिक १७) गतेसम्मको अल्टिमेटम दिएपछि जबराले आइतबार आन्दोलनरत न्यायाधीशहरु समक्ष ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन)को प्रस्ताव पठाएका थिए। 

आन्दोलनरत न्यायाधीशबीच छलफल चलिरहेकै समयमा न्यायाधीश शर्मा जबराको सन्देश लिएर पुगेका थिए। सुरुमा न्यायाधीशहरुले जबराको प्रस्ताव ‘विश्वास गर्ने खालको नभएको’ भन्दै आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने गरी अगाडि बढ्नुपर्ने राय व्यक्त गरेका थिए। तर, प्रत्यक्ष रुपमा आन्दोलनमा सरिक नभएर ‘नैतिक समर्थन’ मात्रै गरेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल लगायतको कुरापछि भने जबरासँग वार्ता गर्न ३ सदस्यीय समिति गठन गर्ने ‘निर्णय’ भयो। 

न्यायाधीशहरु मल्ल, सिन्हा र मनोज शर्माको समिति गठन भयो र समितिले आइतबार नै जबरासँग ‘प्रारम्भिक छलफल’ पनि गर्‍यो। आइतबारको छलफलपछि सोमबार प्रधानन्यायाधीश जबराले आफ्नो इजलास तोकेनन्। सोमबारका लागि नियमित पेसी स्थगित गर्दै जबराले बन्दी प्रत्यक्षीकरणका निवेदनका लागि मात्र पेसी तोके। 

जबराले पहिलो चरणको वार्तामा भएको ‘सहमति’ कार्यान्वयन गर्दै नियमित पेसी स्थगित गरेपछि आन्दोलनरत न्यायाधीशहरु सोमबार बन्दी प्रत्यक्षीकरणका रिट हेर्न इजलासमा फर्किन तयार भए। प्रधानन्यायाधीशविरुद्ध आन्दोलन घोषणा गरेको ८ दिनपछि इजलासमा फर्किएका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका ६ वटा रिटको सुनुवाइ गर्दै आदेश समेत जारी गरे। 

आन्दोलनमा रहेका न्यायाधीशहरु इजलासमा फर्किएपछि जबराले नयाँ प्रस्ताव अगाडि सारेका छन्। आन्दोलनरत न्यायाधीशहरु समक्ष जबराले आफूलाई यो वर्ष (वैशाखसम्म) काम गर्न दिन भनेका छन्। वैशाखसम्म प्रशासनिक काम गर्ने र त्यसपछि राजीनामा दिने जबराको प्रस्ताव छ। 

जबराको नयाँ प्रस्तावपछि छलफलमा जुटेका आन्दोलनरत न्यायाधीशहरुले भने जबराको राजीनामाको मागलाई कुनै पनि हालतमा छाड्न नसकिने समझदारी गरेका छन्। सोमबारको छलफलमा आफूहरुको अन्तिम बटम लाइन जबराको राजीनामा नै भएको निष्कर्ष निकालिएको आन्दोलनरत एक न्यायाधीशले नेपाल लाइभलाई जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले बन्दीको मुद्दामात्र हेर्ने निर्णय गरेका हौं। प्रधानन्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने हाम्रो मागमा केही पनि तलमाथि भएको छैन,’ ती न्यायाधीशले भने, ‘हामी सबैजना प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने कुरामा एकमत छौं।’

प्रधानन्यायाधीश जबराले भने ५ ओटा प्रस्ताव अगाडि सारेका छन्। जबराले यो वर्षको अन्तिम दिन (चैत मसान्तसम्म) मुद्दाको पेसी तोक्ने, तर सुनुवाइ नगर्ने पहिलो पस्ताव राखेका छन्। अदालतमा हाजिर भएर प्रशासनिक काम मात्रै गर्ने, कुनै पनि विषयमा लिखित सहमति नगर्ने, गोलाप्रथाबाट पेसी तोक्ने र सुधारका कार्यक्रम लागू गर्ने, तर समय लाग्ने प्रस्ताव जबराले गरेका छन्। 

जबराको राजीनामा: 'वैशाखमा हैन, २–३ दिन भित्रै' 
जबराले सोमबार अगाडि सारेको नयाँ प्रस्तावबाट उनी तत्काल सहजै पद छाड्ने पक्षमा नरहेको आन्दोलनरत न्यायाधीशहरुको बुझाइ छ। आन्दोलनरत न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबरा न्यायालयको समस्या समाधानका लागि गम्भीर बन्नुभन्दा अहिलेको आन्दोलन कसरी तुहाउने (असफल) बनाउन लागिपरेका छन्। नयाँ–नयाँ प्रस्ताव अगाडि सारेर भएपनि उनी आफ्नो पद सुरक्षित गर्न केन्द्रित रहेको न्यायाधीशहरुको भनाइ छ।    

‘उहाँले सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेपछि मात्रै हामी इजलासमा बन्दीका मुद्दा हेर्न फर्किएका हौं,’ अर्का एक आन्दोलनरत न्यायाधीशले भने, ‘यसको अर्थ प्रधानन्यायाधीश ज्यूका सबै प्रस्ताव स्वीकार गरिएको भन्ने होइन।’ 

प्रधानन्यायाधीश जबराले वैशाखमा नभइ अबको २–३ दिनमै राजीनामा दिनुपर्ने ती न्यायाधीशको भनाइ छ। ‘सुरुमा हामी निःशर्त राजीनामाको पक्षमा थियौं, तर प्रधानन्यायाधीशले आफ्नो सम्मानजनक बर्हिगमन भन्नुभयो। लौ न त भनेर बन्दीको मुद्दा सुनुवाइ गर्ने भन्ने निर्णयमा पुगेका हौं,’ ती न्यायाधीश भन्छन्, ‘हामी लत्रेर वा पराजित भएर आएका होइनौं। नेपाल बारदेखि देशभरका न्यायाधीशहरु हामीसँगै छन्। छलछाम भएमा झन अप्रिय हुनसक्छ।’ 

प्रधानन्यायाधीशले न्यायालयको साख र आफ्नो बाँकी छवि बचाउने हो भने बारले तोकेको समयसीमा (बुधबार)सम्म पदबाट राजीनामा दिएर जानुपर्ने ती न्यायाधीशको भनाइ छ। ‘अहिलेलाई सुधार वा अन्य केही गर्ने आश्वासन दिएर आन्दोलन समाप्त पार्ने, अनि पछि हेरौंला भन्ने सोच्नु भएको छ भने त्यो गलत हुन्छ,’ ती न्यायाधीशले भने, ‘न्यायालय सुधारका लागि अहिले यत्रो आन्दोलन सुरु भएकाले अब उहाँका लागि पदत्याग बाहेकको विकल्प छैन।’

जबरालाई मनाउने जिम्मा ३ न्यायाधीशलाई
आन्दोलनरत न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई मनाएर तत्काल उनको पदत्याग गर्ने वातावरण बनाउने जिम्मा वार्ता समितिमा रहेका तीन न्यायाधीशलाई दिएका छन्। आन्दोलनमा रहेका अरु न्यायाधीशहरुले अब प्रधानन्यायाधीशसँग एक्ला–एक्लै वा समूहगत रुपमा भेट्नुको औचित्य नभएको भन्दै वार्ता समितिमार्फत् नै जबरासँग कुराकानी अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका छन्।

वार्ता समितिमा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मालाई जबराको बर्हिमगन छिटो गराउने ‘जिम्मेवारी’ दिएका छन्। अब वार्ता समितिमा रहेका न्यायाधीशहरुले जतिसक्दो छिटो जबरालाई राजीनामाका लागि मनाउनुपर्ने अर्का एक न्यायाधीशको भनाइ छ। 

एकमात्र विकल्पः ‘जबराको राजीनामा’ 
आन्दोलनमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु न्यायालयमा देखिएको अहिलेको विवाद समाधानका लागि एकमात्रै विकल्प जबराको राजीनामा भएको बताउँछन्। आफूहरु पनि अदालतमा देखिएको समस्या लम्ब्याउन नहुने पक्षमा रहेको, तर प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म समाधान हुने अवस्था नरहेको आन्दोलनरत न्यायाधीशहरुको भनाइ छ।  

‘यो समस्या लम्बिनु हुँदैन। हामी पनि यही पक्षमा छौं,’ अर्का एक न्यायाधीशले भने, ‘तर जोमाथि प्रश्न उठ्यो उसले आफूलाई अलग गराउनै पर्छ।’ अहिलेको समस्या समाधानका लागि प्रधानन्यायाधीशले केही महिना बिदामा बसेर पछि राजीनामा गर्नसक्ने ती न्यायाधीशको भनाइ छ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती पनि अहिलेको समस्या समाधानका लागि प्रधानन्यायाधीश जबराको राजीनामा नै सहज विकल्प भएको बताउँछन्। ‘आफूमाथि गम्भीर प्रश्न उठिसकेपछि प्रधानन्यायाधीशले राजीनामा दिनु नै उत्तम विकल्प हो। प्रधानन्यायाधीशले कि तत्काल राजीनामा दिने, नभए केही समय बिदामा बसेर पछि राजीनामा दिने हो,’ वस्तीले भने। 

बहालवाला सबैजसो न्यायाधीश प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा उत्रिनु आफैंमा गम्भीर घटना भएको वस्तीको भनाइ छ। अहिले देखिएको समस्याका सन्दर्भमा उच्चस्तरीय छानबिन आयोग गठन गरेर दीर्घकालीन निकास खोज्नुपर्ने उनी बताउँछन्। 

‘एउटा शक्तिशाली आयोग बनाउनु पर्दछ। आयोगले काम सम्पन्न नगर्दासम्म प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ,’ वस्तीले भने, ‘उहाँको अनुपस्थितिका बेला कार्यवाहकले अदालत सञ्चालन गर्छ। यसो गर्ने हो भने न्यायालय शुद्धीकरणको अभ्यास सुरु हुन्छ।’ 

पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीश सम्मिलित आयोग बनाउनुपर्ने वस्तीको भनाइ छ। नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिबाट घोषणा गरेर आयोग गठन गरिनुपर्ने उनको भनाइ छ। ‘यो उच्चस्तरीय आयोगले न्यायपालिकामा अहिले देखिएको समस्याको दीर्घकालीन समाधानको लागि अध्ययन गर्नुपर्छ। अहिलेको संवैधानिक परिषद्, न्याय परिषद् र संसदिय सुनुवाइको व्यवस्थाको बारेमा पनि रिभ्यू वा टिप्पणी गर्नसक्ने अधिकार आयोगलाई दिइनुपर्छ,’ वस्ती भन्छन्, ‘आयोगले अध्ययन पूरा गरी सिफारिस गरेमा आवश्यक परेमा संविधान र प्रचलित ऐन, नियम पनि संशोधन गर्नुपर्छ।’

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  २२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर... मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई ह... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्