• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चोलेन्द्र चाहना– न्यायाधीशको आन्दोलन तुहाउने, पद जोगाउने!

64x64
दुर्गा दुलाल सोमबार, कात्तिक १५, २०७८  २२:१६
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई ‘बटम लाइन’ बनाएर ‘आन्दोलन’मा रहेका सर्वोच्च अदालतका न्यायाधीश समक्ष आइतबार एक अप्रत्यासित प्रस्ताव आयो। प्रस्ताव प्रधानन्यायाधीश जबराकै थियो। 

प्रत्यक्ष भेटेर राजीनामा माग्दा महाअभियोग सामना गर्न तयार रहेको ‘जवाफ’ दिएका जबराले आइतबार आन्दोलनरत न्यायाधीश समक्ष ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव राखेका थिए। आफू निकटका न्यायाधीश मनोज शर्मामार्फत् जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव पठाएका थिए। 

गत आइतबार (कात्तिक ७ गते) चिया समयपछि इजलास बहिस्कार गरेर आन्दोलनमा लागेका न्यायाधीशहरुले मंगलबार जबरालाई भेटेर सहज निकासका लागि राजीनामा दिन सुझाव दिएका थिए। जवाफमा जबराले राजीनामा नदिने, बरु संवैधानिक विकल्प (महाअभियोग)को सामना गर्न तयार रहेको बताएका थिए। जबराले राजीनामा नदिने ‘अड्डी’ कसेपछि नेपाल बार एसोसिएसनले औपचारिक रुपमा आन्दोलन नै घोषणा गर्‍यो। पदत्यागका लागि बारले बुधबार (कात्तिक १७) गतेसम्मको अल्टिमेटम दिएपछि जबराले आइतबार आन्दोलनरत न्यायाधीशहरु समक्ष ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन)को प्रस्ताव पठाएका थिए। 

आन्दोलनरत न्यायाधीशबीच छलफल चलिरहेकै समयमा न्यायाधीश शर्मा जबराको सन्देश लिएर पुगेका थिए। सुरुमा न्यायाधीशहरुले जबराको प्रस्ताव ‘विश्वास गर्ने खालको नभएको’ भन्दै आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने गरी अगाडि बढ्नुपर्ने राय व्यक्त गरेका थिए। तर, प्रत्यक्ष रुपमा आन्दोलनमा सरिक नभएर ‘नैतिक समर्थन’ मात्रै गरेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल लगायतको कुरापछि भने जबरासँग वार्ता गर्न ३ सदस्यीय समिति गठन गर्ने ‘निर्णय’ भयो। 

न्यायाधीशहरु मल्ल, सिन्हा र मनोज शर्माको समिति गठन भयो र समितिले आइतबार नै जबरासँग ‘प्रारम्भिक छलफल’ पनि गर्‍यो। आइतबारको छलफलपछि सोमबार प्रधानन्यायाधीश जबराले आफ्नो इजलास तोकेनन्। सोमबारका लागि नियमित पेसी स्थगित गर्दै जबराले बन्दी प्रत्यक्षीकरणका निवेदनका लागि मात्र पेसी तोके। 

जबराले पहिलो चरणको वार्तामा भएको ‘सहमति’ कार्यान्वयन गर्दै नियमित पेसी स्थगित गरेपछि आन्दोलनरत न्यायाधीशहरु सोमबार बन्दी प्रत्यक्षीकरणका रिट हेर्न इजलासमा फर्किन तयार भए। प्रधानन्यायाधीशविरुद्ध आन्दोलन घोषणा गरेको ८ दिनपछि इजलासमा फर्किएका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका ६ वटा रिटको सुनुवाइ गर्दै आदेश समेत जारी गरे। 

आन्दोलनमा रहेका न्यायाधीशहरु इजलासमा फर्किएपछि जबराले नयाँ प्रस्ताव अगाडि सारेका छन्। आन्दोलनरत न्यायाधीशहरु समक्ष जबराले आफूलाई यो वर्ष (वैशाखसम्म) काम गर्न दिन भनेका छन्। वैशाखसम्म प्रशासनिक काम गर्ने र त्यसपछि राजीनामा दिने जबराको प्रस्ताव छ। 

जबराको नयाँ प्रस्तावपछि छलफलमा जुटेका आन्दोलनरत न्यायाधीशहरुले भने जबराको राजीनामाको मागलाई कुनै पनि हालतमा छाड्न नसकिने समझदारी गरेका छन्। सोमबारको छलफलमा आफूहरुको अन्तिम बटम लाइन जबराको राजीनामा नै भएको निष्कर्ष निकालिएको आन्दोलनरत एक न्यायाधीशले नेपाल लाइभलाई जानकारी दिए। 

Ncell 2
Ncell 2

‘हामीले बन्दीको मुद्दामात्र हेर्ने निर्णय गरेका हौं। प्रधानन्यायाधीशको राजीनामा दिनुपर्छ भन्ने हाम्रो मागमा केही पनि तलमाथि भएको छैन,’ ती न्यायाधीशले भने, ‘हामी सबैजना प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने कुरामा एकमत छौं।’

प्रधानन्यायाधीश जबराले भने ५ ओटा प्रस्ताव अगाडि सारेका छन्। जबराले यो वर्षको अन्तिम दिन (चैत मसान्तसम्म) मुद्दाको पेसी तोक्ने, तर सुनुवाइ नगर्ने पहिलो पस्ताव राखेका छन्। अदालतमा हाजिर भएर प्रशासनिक काम मात्रै गर्ने, कुनै पनि विषयमा लिखित सहमति नगर्ने, गोलाप्रथाबाट पेसी तोक्ने र सुधारका कार्यक्रम लागू गर्ने, तर समय लाग्ने प्रस्ताव जबराले गरेका छन्। 

जबराको राजीनामा: 'वैशाखमा हैन, २–३ दिन भित्रै' 
जबराले सोमबार अगाडि सारेको नयाँ प्रस्तावबाट उनी तत्काल सहजै पद छाड्ने पक्षमा नरहेको आन्दोलनरत न्यायाधीशहरुको बुझाइ छ। आन्दोलनरत न्यायाधीशका अनुसार प्रधानन्यायाधीश जबरा न्यायालयको समस्या समाधानका लागि गम्भीर बन्नुभन्दा अहिलेको आन्दोलन कसरी तुहाउने (असफल) बनाउन लागिपरेका छन्। नयाँ–नयाँ प्रस्ताव अगाडि सारेर भएपनि उनी आफ्नो पद सुरक्षित गर्न केन्द्रित रहेको न्यायाधीशहरुको भनाइ छ।    

‘उहाँले सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेपछि मात्रै हामी इजलासमा बन्दीका मुद्दा हेर्न फर्किएका हौं,’ अर्का एक आन्दोलनरत न्यायाधीशले भने, ‘यसको अर्थ प्रधानन्यायाधीश ज्यूका सबै प्रस्ताव स्वीकार गरिएको भन्ने होइन।’ 

प्रधानन्यायाधीश जबराले वैशाखमा नभइ अबको २–३ दिनमै राजीनामा दिनुपर्ने ती न्यायाधीशको भनाइ छ। ‘सुरुमा हामी निःशर्त राजीनामाको पक्षमा थियौं, तर प्रधानन्यायाधीशले आफ्नो सम्मानजनक बर्हिगमन भन्नुभयो। लौ न त भनेर बन्दीको मुद्दा सुनुवाइ गर्ने भन्ने निर्णयमा पुगेका हौं,’ ती न्यायाधीश भन्छन्, ‘हामी लत्रेर वा पराजित भएर आएका होइनौं। नेपाल बारदेखि देशभरका न्यायाधीशहरु हामीसँगै छन्। छलछाम भएमा झन अप्रिय हुनसक्छ।’ 

प्रधानन्यायाधीशले न्यायालयको साख र आफ्नो बाँकी छवि बचाउने हो भने बारले तोकेको समयसीमा (बुधबार)सम्म पदबाट राजीनामा दिएर जानुपर्ने ती न्यायाधीशको भनाइ छ। ‘अहिलेलाई सुधार वा अन्य केही गर्ने आश्वासन दिएर आन्दोलन समाप्त पार्ने, अनि पछि हेरौंला भन्ने सोच्नु भएको छ भने त्यो गलत हुन्छ,’ ती न्यायाधीशले भने, ‘न्यायालय सुधारका लागि अहिले यत्रो आन्दोलन सुरु भएकाले अब उहाँका लागि पदत्याग बाहेकको विकल्प छैन।’

जबरालाई मनाउने जिम्मा ३ न्यायाधीशलाई
आन्दोलनरत न्यायाधीशहरुले प्रधानन्यायाधीशलाई मनाएर तत्काल उनको पदत्याग गर्ने वातावरण बनाउने जिम्मा वार्ता समितिमा रहेका तीन न्यायाधीशलाई दिएका छन्। आन्दोलनमा रहेका अरु न्यायाधीशहरुले अब प्रधानन्यायाधीशसँग एक्ला–एक्लै वा समूहगत रुपमा भेट्नुको औचित्य नभएको भन्दै वार्ता समितिमार्फत् नै जबरासँग कुराकानी अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका छन्।

वार्ता समितिमा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्मालाई जबराको बर्हिमगन छिटो गराउने ‘जिम्मेवारी’ दिएका छन्। अब वार्ता समितिमा रहेका न्यायाधीशहरुले जतिसक्दो छिटो जबरालाई राजीनामाका लागि मनाउनुपर्ने अर्का एक न्यायाधीशको भनाइ छ। 

एकमात्र विकल्पः ‘जबराको राजीनामा’ 
आन्दोलनमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु न्यायालयमा देखिएको अहिलेको विवाद समाधानका लागि एकमात्रै विकल्प जबराको राजीनामा भएको बताउँछन्। आफूहरु पनि अदालतमा देखिएको समस्या लम्ब्याउन नहुने पक्षमा रहेको, तर प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म समाधान हुने अवस्था नरहेको आन्दोलनरत न्यायाधीशहरुको भनाइ छ।  

‘यो समस्या लम्बिनु हुँदैन। हामी पनि यही पक्षमा छौं,’ अर्का एक न्यायाधीशले भने, ‘तर जोमाथि प्रश्न उठ्यो उसले आफूलाई अलग गराउनै पर्छ।’ अहिलेको समस्या समाधानका लागि प्रधानन्यायाधीशले केही महिना बिदामा बसेर पछि राजीनामा गर्नसक्ने ती न्यायाधीशको भनाइ छ। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती पनि अहिलेको समस्या समाधानका लागि प्रधानन्यायाधीश जबराको राजीनामा नै सहज विकल्प भएको बताउँछन्। ‘आफूमाथि गम्भीर प्रश्न उठिसकेपछि प्रधानन्यायाधीशले राजीनामा दिनु नै उत्तम विकल्प हो। प्रधानन्यायाधीशले कि तत्काल राजीनामा दिने, नभए केही समय बिदामा बसेर पछि राजीनामा दिने हो,’ वस्तीले भने। 

बहालवाला सबैजसो न्यायाधीश प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा उत्रिनु आफैंमा गम्भीर घटना भएको वस्तीको भनाइ छ। अहिले देखिएको समस्याका सन्दर्भमा उच्चस्तरीय छानबिन आयोग गठन गरेर दीर्घकालीन निकास खोज्नुपर्ने उनी बताउँछन्। 

‘एउटा शक्तिशाली आयोग बनाउनु पर्दछ। आयोगले काम सम्पन्न नगर्दासम्म प्रधानन्यायाधीश जबरा बिदामा बस्नुपर्छ,’ वस्तीले भने, ‘उहाँको अनुपस्थितिका बेला कार्यवाहकले अदालत सञ्चालन गर्छ। यसो गर्ने हो भने न्यायालय शुद्धीकरणको अभ्यास सुरु हुन्छ।’ 

पूर्व प्रधानन्यायाधीश र पूर्व न्यायाधीश सम्मिलित आयोग बनाउनुपर्ने वस्तीको भनाइ छ। नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिबाट घोषणा गरेर आयोग गठन गरिनुपर्ने उनको भनाइ छ। ‘यो उच्चस्तरीय आयोगले न्यायपालिकामा अहिले देखिएको समस्याको दीर्घकालीन समाधानको लागि अध्ययन गर्नुपर्छ। अहिलेको संवैधानिक परिषद्, न्याय परिषद् र संसदिय सुनुवाइको व्यवस्थाको बारेमा पनि रिभ्यू वा टिप्पणी गर्नसक्ने अधिकार आयोगलाई दिइनुपर्छ,’ वस्ती भन्छन्, ‘आयोगले अध्ययन पूरा गरी सिफारिस गरेमा आवश्यक परेमा संविधान र प्रचलित ऐन, नियम पनि संशोधन गर्नुपर्छ।’

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  २२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै रास्वपामा जोडिनु अगाडि सुनारले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर समाजमा... शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा १२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
साफ यु-१९ महिला च्याम्पियनसिप : उद्धाटन खेलमा आज नेपाल र भारत भिड्दै शनिबार, माघ १७, २०८२
सिन्दूर, टुथपेस्ट र गाजलमा लिडको अधिक मात्रा भेटियो, जनस्वास्थ्यमा गम्भीर असर शनिबार, माघ १७, २०८२
यस्तो छ आजका लागि फलफूल र तरकारीको थोक मूल्य शनिबार, माघ १७, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, माघ १७, २०८२
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्