काठमाडौं– कर्णाली प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।
प्रदेश सभामा कुनै पनि दलको स्पष्ठ बहुमत नरहेकाले मुख्यमन्त्री कलौनीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नेसक्ने प्रदेश सांसदलाई सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि २४ घण्टा (मंगलबार राति ७ बजेसम्म)को समय दिएका छन्।
कर्णालीमा नेकपा माओवादी केन्द्र नेतृत्व सरकारका मुख्यमन्त्री शाहीले गठबन्धनको अर्को दल नेपाली कांग्रेसलाई सरकार गठन गर्नका लागि राजीनामा दिएका हुन्।
सरकारको नेतृत्व छाडेको माओवादी केन्द्र समेतको समर्थनमा अब नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीबन बहादुर शाही मुख्यमन्त्री बन्ने जनाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।