काठमाडौं- आनीहरूलाई सामाजिक गतिविधिमा सामेल गराउने उद्देश्यका साथ आयोजना गरिएको दुईदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा शनिबारदेखि सुरु भएको गोष्ठी आइतबार सकिएको हो।
समापनको क्रममा आफ्नो अनुभव सुनाउँदै गोष्ठीमा सहभागी आनी थुप्तेन ल्हामुले सामाजिक गतिविधिमा सक्रिय गराउन उत्साहित बनाएको बताइन्। गोष्ठी र ऊर्जाशील प्रेरणा पाएको सहभागी । आनीहरुको क्षमता अभिवृद्धिमा गोष्ठी उपयोगी बनेको अर्की आनी फुन्जोक ल्हामुले बताइन्।
समितिका कार्यकारी निर्देशक होमबहादुर दोङले मन्त्रालयको कार्ययोजना अनुसार सम्बन्धित सरोकारवालाहरुबीच समन्वयात्मक भूमिकामा काम गर्ने बताए। उनले बौद्ध ज्ञान गुम्बाहरूमा मात्रै सीमित नगरी आमसमुदायमा पुर्याउनु आजको आवश्यकता रहेको बताए। उनले इसापूर्व तेस्रो शताब्दीमा सम्राट अशोकले आङ्खनी छोरीमार्फत् धर्म प्रचार गरेको स्मरण गराउँदै बौद्ध धर्मलाई सबैमाझ पुर्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा १३ वटा गुम्बाका आनीहरूलाई सहभागी गराइएको कार्यकारी निर्देशक दोङले जानकारी दिए। गोष्ठीमा सामाजिक सशक्तीकरण, बौद्ध धर्ममा आनीहरूको भूमिका, नेपालमा बौद्ध धर्मको विकास क्रम र समाज सुधारमा आनीहरूको भूमिका विषयमा प्रशिक्षण दिइएको थियो। उल्लिखित विषयमा क्रमशः रूपेश श्रेष्ठ, आचार्य नुर्बु शेर्पा, पूण्यप्रसाद पराजुली र आनी छोइङ डोल्माले प्रशिक्षण दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।