फाइल तस्बिर
काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य एवं जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल अस्पताल भर्ना भएका छन्।
घरमै बसिरहेका गजुरेल एक्कासी बेहोस भएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको उनीनिकट केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए।
सोमबार दिउँसो १ बजे अस्पताल भर्ना भएका गजुरेलको स्वास्थ्य खरतामुक्त भएको उनले बताए। उनको स्वास्थ्य जाँच गर्दा सामान्य देखिए पनि केही दिन अस्पतालमै राखेर परीक्षण गरिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।