• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वरिष्ठ अधिवक्ताहरुको चेतावनी- न्यायालयबारे मौन बस्ने दलहरुविरुद्ध आन्दोलन उठ्नसक्छ

64x64
नेपाल लाइभ सोमबार, कात्तिक १५, २०७८  १६:५०
1140x725

काठमाडौं- कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा गराउने सम्बन्धमा राजीनितिक दलहरु मौन बसेकोप्रति आपत्ति जनाएका छन्। सोमबार नेपाल बार एसोसियसनको प्राङ्‍गणमा आयोजित विरोध कार्यक्रममा उनीहरुले न्यायालयको समस्यामा दलहरु मौन बसे उनीहरु लक्षित आन्दोलन सुरु हुनसक्ने चेतावनी दिएका छन्। प्रधानन्यायाधीश राणाले राजीनामा दिनुको विकल्प नभएको उनीहरुको भनाइ छ। 

नेपाल बार एसोसियसनका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीशहरू र प्रधानन्यायाधीशबीच वार्ताको ढोका खुल्नु सकारात्मक भए पनि राजीनामाको विकल्प नभएको बताए। सर्वोच्च अदालतले नै प्रधानन्यायाधीश जबराको सम्मानजनक बिदाइ गर्नुपर्नेमा उनले जोड दिए। ‘प्रधानन्यायाधीशको बहिर्गमन सम्मानजनक हुनुपर्छ, हामी त्यसमा केही भन्दैनौँ,’ उनले भने, ‘तर, बारले बिदाइको कार्यक्रम गर्दैन।’

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनअनुसार प्रधानन्यायाधीश राणाले न्यायालयलाई शुद्धीकरण गर्नेतर्फ केही पनि काम नगरेको वरिष्ठ अधिवक्ता थापाको टिप्पणी थियो।  ‘म प्रधानन्यायाधीशलाई आग्रह गर्दछु, न्यायपालिकालाई कोमामा नपुर्‍याउनुहोस्,’ उनले भने, ‘तत्काल राजीनामा दिनुस्।' न्यायाधीश कार्कीको प्रतिवेदन आएको महिनौं भइसक्दा पनि त्यसलाई लागू गर्ने कुरामा प्रधानन्यायाधीशले  कहिल्यै रुचि नदेखाएको उनले आरोप लगाए।

प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्दामा पेसी तोकेकोमा आफूहरुलाई कुनै पनि आपत्ति नभएको भन्दै उनले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने प्रस्ट पारे।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुको अभियानले सुखद् सुरुआत गरेको बताए। 'आजबाट प्रधानन्यायाधीशले बेञ्‍च लिन छोड्नुभएको छ। हामीले उहाँलाई बेञ्‍चमा नबस्न भनेका थियौं,’ श्रेष्ठले भने, 'आजबाट बन्दी प्रत्यक्षीकरण हेर्न सुरु भएको छ। केही मुद्दा स्थगित भएका छन्। न्यायपालिका शुद्धीकरणका लागि जनताले पनि केही दुःख बेहोर्नुपर्दछ।’

वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले आफूहरुको आन्दोलन व्यक्ति र संस्थाविरुद्ध नभइ न्यायपालिकाको विकृति/विसङ्‍गति अन्त्यका लागि भएको बताए। सर्वोच्च अदालतमा आगो लागेका बेला चुप बसेका नेताहरुले यसको मूल्य चुकाउनुपर्ने चेतावनीसमेत उनले दिए। ‘अहिले राजनीतिक दलहरुले न्यायपालिकामा भएको विवादमा हस्तक्षेप नगर्ने भनेका छन्,’ वरिष्ठ अधिवक्ता खरेलले भने, ‘सर्वोच्च अदालतमा आगो लागेको बेला निभाउन नआउने नेताहरुले यसको मूल्य चुकाउनुपर्नेछ।’ न्यायपालिकामा हस्तक्षेप नगर्ने भनेको न्यायाधीश नियुक्तिका बेला, फैसलामा हस्तक्षेप नगरेर मात्र भएको उनले बताए।

अर्का वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो फैसला आफैं लेखेर पद त्याग्न प्रधानन्यायाधीश राणालाई सुझाव दिए। कार्कीले प्रधानन्यायाधीश राणाको राजीनामामै न्यायपालिकाको भविष्य उज्ज्वल रहेको बताए। ‘सम्माननीयज्यूले धेरैको भाग्य निर्धारण हुनेगरी फैसला गर्नुभा'छ, मेरो आग्रह छ- अब आफ्नै फैसला आफैं लेखेर अदालतको सम्मान हुनेगरी स-सम्मान बिदा हुनुहोस्,’ कार्कीले भने, 'यसैमा नै नेपालको न्यायपालिकाको भविष्य उज्ज्वल छ।’

प्रधानन्यायाधीशप्रति अनास्था र अविश्वास पैदा भएको र त्यसपछि यस किसिमको अवस्था बेहोर्नुपरेको उनले टिप्पणी गरे। ‘बारका अध्यक्षले भनेजस्तै यो न्यायपालिका शुद्धीकरणको पहिलो पाइला हो,’ उनले भने, ‘सम्माननीय प्रधानन्यायाधीशले आफ्नो पदको गरिमा, आफ्नो सम्मान नै राख्न सक्नुभएन। यो हाम्रो ठहर छ। बडो दुःखद् ठहर छ।’ संविधान र देशले पत्याएर त्यो आसनमा पुर्‍याए पनि प्रधानन्यायाधीश राणाले त्यो विश्वासलाई कायम राख्न नसकेको वरिष्ठ अधिवक्ता कार्कीले टिप्पणी गरे।

nimb
nimb
Ncell 2
Ncell 2

‘जजहरुको पनि जज (न्यायाधीशहरुको पनि न्यायाधीश) बार हो। याचना गर्न आउनेहरुलाई अदालतबाट वास्तविक न्याय हुन्छ भन्ने पहिलो सम्पर्क व्यक्ति हामी हौं, वकिल हौं,’ उनले भने ‘हामीले उनीहरुलाई विश्वास दिलाउँछौं- न्यायाधीश इमान्दार छ, अदालत सक्षम छ, तपाईंले बाहिर आफैं झगडा गर्ने होइन।’

पूर्वसभामुख एवं वरिष्ठ अधिवक्ता दमननाथ ढुङ्‍गानाले दलहरुले अहिलेको आन्दोलनलाई बेवास्ता गरे अब उनीहरुविरुद्ध आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने बताए। यो कानुन व्यवसायीहरुको मात्र आन्दोलन नभएको भन्दै उनले न्यायाधीश नै बहिष्कारमा आएकाले यो गम्भीर विषय भएको दाबी गरे। 'राजनीतिक दलहरु अदालतमा हस्तक्षेप गर्न मिल्दैन भनेर पन्छिएका छन्, तर उनीहरु यसबाट भाग्न मिल्दैन,’ उनले भने, ‘यत्रो आन्दोलन हुँदा दलहरु गैरजिम्मेवार भए उनीहरुविरुद्ध अन्दोलन केन्द्रित हुनसक्छ।’

उनले दलहरुले भागबण्डाको हिस्सा लिँदा यो समस्या भएको बताए।  ‘न्यायाधीशको भागबण्डा गर्नेमा एकपक्ष प्रधानन्यायाधीश होला तर अर्को पक्ष त दलहरु हुन् नि!,’ उनले भने, ‘यसमा दलहरु भाग्न खोजे खोजी-खोजी उनीहरुविरुद्ध आन्दोलन सुरु हुन्छ।’

प्रधानन्यायाधीश राणाको राजीनामा र न्यायालय शुद्धीकरणको माग राख्दै आइतबारदेखि नेपाल बार र सर्वोच्च बार एसोसियसनले आन्दोलन सुरु गरेको थियो। दोस्रो दिन सोमबार पनि एक घण्टा धर्ना दिँदै बारमा वरिष्ठ अधिवक्ताहरुले सम्बोधन गरेका थिए।

सर्वोच्च अदालतमा आइतबार उपस्थित प्रधानन्यायाधीशबाहेक १७ न्यायाधीश छलफलमा रहेका बेला न्यायाधीश मनोज शर्मामार्फत् प्रधानन्यायाधीश राणाले आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश पठाएका थिए। प्रधानन्यायाधीशको उक्त सन्देशपछि सोमबार बसेका न्यायाधीशहरुले केही लचिलो हुँदै बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गरेका थिए।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा
सम्बन्धित सामग्री
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा पत्र बुझाएका हुन् । बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि भेला स्थगित गरिएको धुम्बाराही बैठकमा सहभागी नेताहरूको भनाइ छ । बिहीबार, चैत १९, २०८२
प्रधानमन्त्री शाहलाई रुसका प्रधानमन्त्रीको बधाई प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रुसी प्रधानमन्त्रीले रुसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गरेका हुन् । बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
सुनको मूल्य घट्यो बिहीबार, चैत १९, २०८२
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज बिहीबार, चैत १९, २०८२
प्रलोपाबाट सुदन किरातीले दिए राजीनामा बिहीबार, चैत १९, २०८२
निर्माण व्यवसायी महासंघमा नेतृत्वका लागि आज निर्वाचन हुँदै बिहीबार, चैत १९, २०८२
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
साताको दुई दिन सार्वजनिक बिदाबारे फैलाइएको भ्रामक सूचनाप्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्