काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले परिवर्तन विरोधी तत्वहरु सलबलाइरहेको बताएका छन्।
जनआन्दोलन र विद्रोहको सयमयमा परिवर्तनलाई रोक्न खोज्नेहरु अहिलेपनि सक्रिय रहेको उनले बताए।
सोमबार किर्तिपूरमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले बुर्जुवाहरुले माओवादीको शक्ति बढ्दै जाँदा कार्यनैतिक रुपमा कौशलको सहमति गरेको र आफूहरु शिथिल र विभाजित हुँदा बुर्जुवाहरुको मनोबल बढेको उनले बताए।
'अब माओवादी सकिन थालेको छ यही बेलामा संविधान पनि च्यातचुत पार्नुपर्छ, गणतन्त्रपनि घाँडो हो, धर्मनिरपेक्षता पनि ठिक छैन, समावेशी समानुपातिक भनेर सबैलाई राज्य संयन्त्रमा प्रतिनिधित्व गराउने पनि माओवादी पनि एमाले एमाले जस्तो , कांग्रस जस्तो देखिन थालेपछि बुर्जुवाहरु हौसिए' प्रचण्डले भने।
अहिलेसम्मको परिवर्तन उल्टाउन खोज्ने र पुरानो व्यवस्थामा नै लैजान खोज्ने प्रवृत्ति देखा परेको उनले बताए। 'संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाउने षड्यन्त्र भयो, यो बीचमा तपाईहरुले महसुस गर्नु भयो होला' प्रचण्डले भने।
एकवर्ष यता कम्युनिष्ट नाम धारी प्रतिक्रियावादीविरुद्ध लड्न बाध्य भएको भन्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर गणतन्त्र उल्ट्याउने कुरा गरेको सूचना आफूले पाएको दाबी गरे।
'ज्ञानेन्द्रका केही मानिससँग भेटेर ओलीले भनेछन् भन्ने सूचना आएको छ। मलाई जिन्दगी भरि यो गणतन्त्र मन परेको होइन, बाध्य भएर गरेको हो। त्यसकारण मौका आयो भने यो उल्ट्याउने हो भनेछन्' प्रचण्डले भने।
आफूहरुले राम्रो सपना देखेर अहिलेसम्मका उपलब्धिलाई थप उचाइमा पुर्याउनका लागि पार्टी एकता गरेको भएपनि प्रतिक्रियावादीलाई त्यो सैह्य नभएको प्रचण्डको भनाइ थियो।
'शक्तिशाली कम्युनिस्ट पार्टी बनाएर सामाजिक न्यायसहित आर्थिक सुदृढीकरण गर्ने सपना देखेको हो। ओलिसित एकता गरेर गल्ती गर्यो भनेर कतिपयलाई लागेको पनि होला तर हाम्रो सपना नराम्रो थिएन' प्रचण्डले भने, 'राम्रो भएकोले नै जनताले झन्डै दुई तिहाइमा पुर्याएको हो। तर, यो प्रतिक्रियावादीलाई सैह्य भएन र सुरुवातदेखि नै षड्यन्त्र गरे।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।