काठमाडौं– जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई स्पष्टीकरण सोधेको छ। पार्टी विरोधी गतिविधिमा संलग्क्ष्न रहेको भन्दै जसपाले केन्द्रीय सदस्यसमेत रहेका यादवलाई स्पष्टीकरण सोधेको हो। यादवलाई तीन दिनभित्र उत्तर दिन भन्दै बिहीवार सात बुँदे स्पष्टीकरण सोधिएको हो।
पार्टी कार्यालयका प्रमुख प्रमुख प्रकाश अधिकारीले ’तपाईँलाई कारवाही किन नगर्ने’ भन्दै तीन दिन भित्र चित्तबुझ्दो जवाफ पेस गर्न पत्र लेखेका हुन्।
पार्टीको झण्डा जलाउने, पार्टीको कार्यालयमा तोडफोड गरेको, पार्टी अध्यक्षको पुत्ला दहन गरेको, केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको जस्ता ७ बुँदे आरोप लगाएर तीन दिनभित्र जवाफ पेस गर्न पत्र काटिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।