कााठमाडौं– बेमौसमी वर्षाबाट उत्पन्न विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक रहेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन्।
आइतबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बझाङको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री भट्टले विपत्ति टार्न सबैको साझा प्रयास आवश्यक भएकाले क्षतिको विवरण आए लगत्तै प्रदेश सरकार स्थानीय र सङ्घीय सरकारसँग समन्वय गरेर पीडितको व्यवस्थापन गरिने बताए।
प्रदेशलाई नै प्राकृतिक प्रकोपग्रस्त क्षेत्र घोषणा गर्न आफूले प्रधानमन्त्रीसँग कुरा गरिसकेको बताउँदै उनले यस विषयमा थप पहल गर्न प्रदेश सरकार तयार रहेको जानकार िदिए। बाढीपहिराले बझाङमा सबैभन्दा बढी क्षति गरेको बताउँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकार आफैं उपस्थित भएर तत्काल उद्धार तथा राहतलगायत कार्यमा जुटेको स्मरण गरे।
माओवादी केन्द्र बझाङ सम्बद्ध नेता तथा प्रदेश सभासदको टोलीले प्रदेश सरकारसँग बझाङलाई बाढी पहिरो ग्रस्त जिल्ला घोषणा गरी प्रभावित स्थानीय बासिन्दाको पुनःव्यवस्था गर्न माग गरेको छ।
प्रतिनिधिमण्डलमा माओवादी केन्द्र बझाङबाट प्रदेशसभा सदस्य देवकी मल्ल थापा, शान्ति विकलगायत सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।