काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी मटिहानी नगरपालिका महोत्तरी-५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अबैुल राइनविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उनीहरूले सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगले केही दिनअघि पक्राउ गरेको थियो।
जन्मदर्ता जस्तो नियमित कामका लागि आफ्नो पद तथा ओहोदा र अधिकारको दुरुपयोग गरी सेवाग्राहीसँग उनीहरूले घुस मागेको आयोगको आरोप छ।
आयोगले आरोपीलाई विगोबमोजिमको कारबाहीको माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।