काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सीमित स्थानमा दलहरुबीच चुनावी तालमेल हुनसक्ने बताएका छन्।
पार्टीभित्र चुनावी तालमेल गर्न नहुने मत बढिरहेका बेला नेता महतले भने, 'पार्टीभित्र चुनावी तालमेल गर्न हुँदैन भन्ने धेरै छन्। केही स्थानमा चुनावी तालमेल हुनसक्छ। त्यही बेलाको परिस्थितिमा तालमेल गर्ने/नगर्ने थाहा हुन्छ।'
'शीर्ष नेताहरुलाई जिताउनेगरी तालमेल हुनसक्ने हो?' भनी पत्रकारहरुले राखेको जिज्ञासामा महतले सीमित नेताका लागि गठबन्धन हुने संकेत गरे। पार्टी एकबद्ध रहेको अवस्थामा कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउने उनले दाबी गरे।
आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदको दाबी गरेका महतले उक्त पाएको उम्मेदवारीबाट पछि नहट्ने बताए। आफू सरकारमा नरहेको तथा विगतदेखिको क्रियाशीलताले महामन्त्री पदको उम्मेदवार बन्न योग्य रहेको बताए। सभापति शेरबहादुर देउवाले महामन्त्रीको उम्मेदवारका लागि 'गो अहेड ' भनिसकेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।