काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले एसमसीसीका विषयमा अफवाह फैलाइएको बताएका छन्। आइतबार केही सीमित पत्रकारहरूसँग कुरा गर्दै उनले एमसीसीका विषयमा नभएको प्रचार गरिएको बताएका हुन्।
'ऋण दिने राष्ट्रले आफ्नै परामर्शदाता, आफ्नै कामदार ल्याएका हुन्छन्। एमसीसी त हामीले चाहेको परियोजनामा अनुदान हो। नभएको कुरा प्रचार गरिएको छ', उनले भने, 'अनुदान लिन नहुने हो भने अरुसँग पनि लिनु भएन। कि चाहिँ अरु अनुदान र ऋण भन्दा यो के के कारणले खराब त्यो भन्न सक्नुपर्यो।'
उनले अनुदान वा सहयोग लिने मापदण्ड अलग अलग हुन नहुने बताए। फरक मापदण्ड भए अनुदान दिने वा सहयोग दिनेमा आशंका हुने उनको भनाइ छ।
एमसीसी के हुने भन्नेबारे सत्ता गठबन्धनमा सहभागी दलमा भर पर्ने महतको भनाइ छ।
उनले न्यायालयका विषयमा समाधान त्यहीँ भित्रैबाट खोजिनुपर्ने पनि बताए। 'प्रधानन्यायाधीशबाट संविधान नाघेको देखिन्न। न्यायालयभित्र असन्तुष्टि देखिए त्यहीँ भित्र समाधान खोज्नुपर्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।