काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतिहासको गर्व गरेर मात्रै जित निकाल्न नसक्ने बताएका छन्।
१३औं महाधिवेशनपछि कांग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुगेको बताए। आइतबार कीर्तिपुरमा भएको एक कार्यक्रममा उनले दल कमजोर हुनुको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने बताए।
‘विवाद मिलाउनु पर्नेमा नेतृत्वले केही ठाउँमा आफ्ना पक्षमा मत लिनका लागि धाँधली गरेको छ’, उनले भने, ‘सदस्यता वितरणमा केही पुराना कार्यकर्तालाई अन्याय गरिएको छ।’
पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक कार्य गरेको उनले आरोप लगाए। ‘पार्टीभित्रको समस्यामा हामीले कुरा नउठाए कसले उठाउँछ? पार्टीको समस्या हामी आफैं समधान गर्ने हो’, नेता सिंहले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्दछ। आलोचना गर्दा पार्टीको विधि र पद्धतिको रक्षा हुन्छ।’
विधि, पद्धति अवलम्बन नभए कांग्रेस प्रजापरिषद्को बाटोमा लाग्ने उनले चेतावनी दिए। पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनका लागि आफू सभापति बन्नुपर्ने उनको तर्क थियो।
ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको उनको दाबी छ। अदालत लगायतका निकायमा राजनीतिक नियुक्ति, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको उनको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।