काठमाडौं- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
आइतबारदेखि सर्वोच्च अदालत परिसरमा विरोधका कार्यक्रम सुरू गरेको नेपाल बारले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए अझै कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएको हो। बारका अध्यक्ष पूर्णमान शाक्यले विरोध कार्यक्रम न्यायालय सुधारको अभियान भएको बताए।
विरोध कार्यक्रममा सहभागी पूर्वसभामुख दमननाथ ढुंगानाले पनि आन्दोलन न्यायालय सुधारका लागि भएको भन्दै प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताए।
वरिष्ठ अधिवक्ता शम्भु थापाले राणालाई अब प्रधानन्यायाधीश मान्न नसकिने बताए। उनले राणा पशुपतिको मूल भट्टजस्तै भएपनि नैतिकता देखाउन नसकेको टिप्पणी गरे। उनले पूर्वप्रधान्यायाधीशहरूको इजलास गठन गर्न पनि चुनौती दिए।
बारले आज (आइतबार) देखि हातमा पट्टी बाँधेर विरोधका कार्यक्रम सुरु गरेको छ।
बारले सुरु गरेको प्रदर्शनमा पूर्वसभामुख ढुंगानालगायत सहभागी भए। आन्दोलनमा बारका पूर्वअध्यक्षहरुसमेत उपस्थित थिए।
बारबाट हातमा कालोपट्टी बाँधेर निस्केका वकिलहरु सर्वोच्च अदालत परिसरमा जम्मा भएका थिए।
बुधबारसम्म प्रधानन्यायाधीशलाई राजीनामा दिन नेपाल बारले आग्रह गरेको छ। सो अवधिसम्म पनि राजीनामा नदिए थप आन्दोल गर्ने बारको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।