काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पदबाट राजीनामा दिन माग गर्दै नेपाल बार एसोसिएसनले विरोधका कार्यक्रम सुरु गरेको छ। बारले आज (आइतबार) देखि हातमा पट्टी बाँधेर विरोधका कार्यक्रम सुरु गरेको छ।
बारले सुरु गरेको प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानालगायत सहभागी छन्। आन्दोलन बारका पूर्वअध्यक्षहरुसमेत उपस्थित छन्।
बारबाट हातमा कालोपट्टी बाँधेर निस्केका वकिलहरु सर्वोच्च अदालत परिसरमा जम्मा भएका छन्।
बुधबारसम्म प्रधानन्यायाधीशलाई राजीनामा दिन नेपाल बारले आग्रह गरेको छ। सो अवधिसम्म पनि राजीनामा नदिए थप आन्दोल गर्ने बारको भनाइ छ।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।