काठमाडौं– पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबारको पेसी तोकेका छन्। आइतबारका लागि प्रधानन्यायाधीश राणाले आफूसहितको १२ वटा इजलास तोकेका छन्।
अन्य न्यायाधीशहरुका लागि सात वटा संयुक्त इजलासमा पेसी तोकेका प्रधानन्यायाधीश राणाले दुई वटा पूर्ण इजलाससमेत तोकेका छन्।
एउटा पूर्ण इजलास उनको एकल छ भने अर्को उनको र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजदास रहेको छ। प्रधानन्यायाधीश राणाले न्यायाधीशहरु कुमार रेग्मी हरिप्रसाद फुयाल तथा मनोजकुमार शर्माको एकल इजलास तोका हुन्।
सर्वोच्चका न्यायाधीशहरु प्रधानन्याधीश राणाको राजीनामाको पक्षमा छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।