काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले इन्धनमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सबै क्षेत्रको महँगी बढ्न गइ सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ।
अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुसँग सरकार गम्भीर हनुपर्ने बताइएको छ। सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो। नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको १३३ रुपैयाँ कायम गरेको छ।
त्यसैगरी डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेर ११६ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रतिसिलिण्डर ५० रुपैयाँ वृद्धि गरी एक हजार ५०० रुपैयाँ कायम गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।