काठमाडौं- कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाण भोलि, आइतबार गृहजिल्ला रूपन्देही जाने भएका छन्।
उनी नेपाली सेनाको एमआइ १७ लिकोप्टरमार्फत् बिहान साढे ८ बजे भैरहवा एयरपोर्ट प्रस्थान गर्ने कार्यक्रम तय भएको उनका स्वकीय सचिव विजेश न्यौपानेले जानकारी दिए।
उनी साढे नौ बजे भैरहवा विमानस्थलमा पुग्ने कार्यक्रम तय भएको छ। भैरहवाबाट तिलोत्तमा नगरपालिका–८, मणिग्रामस्थित निजी निवासमा पुगी पार्टीका नेता/कार्यकर्तासँको भेटघाट गर्ने न्यौपानेले बताए।
कार्यवाहक प्रधानमन्त्री खाण आइतबार साँझ काठमाडौं फर्कने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।