काठमाडौं– कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जेलमा रहेका नेता, कार्यकर्ताहरुको रिहाइका लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।
गृहमन्त्री समेत रहेका खाणले मुद्दा लागेका नेकपाका नेता, कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे।
नेकपाका एउटै बन्दीलाई ६/७ वटासम्म मुद्दा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भइरहेको उनको भनाइ छ।
कार्यबहाक प्रधानमन्त्री खाणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिइरहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।