साङ्केतिक तस्बिर
काठमाडौं- ‘सुन्दर र सुखी जीवनको आधार : जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको छ।
शुक्रबार काठमाडौंमा विश्व सहर दिवस २०७८ को उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास तथा भवन निर्माण विभागले उक्त जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रकाश शर्माले यस दिवसको मुख्य उद्देश्य विकासको प्रमुख मुद्दा सहरीकरणलाई मानेर अन्तर्राष्ट्रिय समुदायको आकृष्ट गर्नु र दिगो सहरी विकास हासिल गर्नका लागि अवसरको खोजी र सहरी समाधानको चुनौती समाधान गर्ने रहेको बताए। उनले कात्तिक १४ गते आइतबार बबरमहलमा कार्यशाला गोष्ठी आयोजना गरिने बताए।
सहसचिव शर्माले भने, ‘यस वर्ष विश्व सहर दिवस राम्रो सहर, राम्रो जीवन रहेको छ र नेपालमा सुन्दर र सुखी जीवनको आधार, जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन तय गरिएको छ। हामी कात्तिक १४ गते आइतबार सहरी विकास तथा भवन निर्माण विभाग, बबरमहलमा भौतिक उपस्थितिमै कार्यशाला गोष्ठी गर्नेछौं।’
विश्व सहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारण सभाद्वारा संकल्प स्थापित गरेबमोजिम पहिलो विश्व सहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो। नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।