• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कार्बन उत्सर्जन कम गर्न सुधारहरुका लागि डा गोविन्द केसीको माग

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १२, २०७८  ०९:५२
1140x725

काठमाडौं- चिकित्सा क्षेत्रको सुधारका अभियन्ता डा गोविन्द केसीले कार्बन उत्सर्जन कम गर्नका लागि देशमा सुधारहरु गर्न सरकारसँग माग गरेका छन्।

नेपाल जलवायु संकटको सबैभन्दा बढी जोखिम हुने देशहरुमध्ये पर्ने भएको उल्लेख गर्दै डा केसीले अधिक कार्बन उत्सर्जन गर्ने देशहरुलाई जवाफदेही बनाउनका लागि पनि नेपालजस्ता देशले चुस्त कुटनीति अँगाल्नुपर्ने उल्लेख गरेका छन्। 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सोलिडारिटी फर डा केसी अलायन्सले सहरी क्षेत्रमा अनिवार्य साइकल लेन विकास गर्ने, पेट्रोलियम साधनहरु ‘फेज आउट’ गर्ने, देशको वन क्षेत्रको संरक्षण र बिस्तार गर्ने। निजगढको जंगलमा विमानस्थल र शहर बसाउने विवादास्पद परियोजनालाई पूर्ण रुपमा खारेज गर्ने लगायतका काम गर्न सरकारसँग माग गरेका छन्। 

यस्तो छ डा केसीको विज्ञप्ति

अहिले हाम्रो पृथ्वी महाविपत्तिको ढिकमा छः हामीले अरु केही बेवास्ता र लापरवाही ग¥यौं भने हाम्रो पर्यावरण सधैंका लागि ध्वस्त हुनेछ।  हामीलाई जीवन दिने ब्रम्हाण्डको एउटै घर मानवजन्य प्रदुषण र जलवायू परिवर्तनका कारण मानव जीवनकै लागि प्रतिकुल बन्दैछ। त्यसैले संसारभरका जागरुक नागरिकहरुले खनिज इन्धन (कोइला, पेट्रोलियम र ग्यास)को उत्खनन रोकेर पर्यावरण बचाउने कोशिस गरिरहेका छन्। उद्देश्यः संसारको तापमान वृद्धिलाई औद्योगिक युग पूर्वभन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी हुन नदिने। वैज्ञानिकहरुका अनुसार २ डिग्रीभन्दा बढी तापक्रम वृद्धि भयो भने अपरिवर्तनीय संकटहरु आउनेछन् र मानव सभ्यता नै जोखिममा पर्नेछ। त्यो अवस्था रोक्न अब हामीसँग असाध्यै सीमित (बढीमा दश वर्ष)को समय छ।

नागरिक स्तरमा विभिन्न प्रयासहरु भए पनि मुख्य कार्वन उत्सर्जक देशका सरकारहरुको अकर्मण्यता, विज्ञानप्रतिको अविश्वास तथा खनिज उर्जा सम्बद्ध धनी कम्पनीहरुसित राजनीतिज्ञहरुको साँथगाँठ र लेनदेनका कारण संसारभरमा कार्बन कटौतीमा हुनुपर्ने कामको एउटा हिस्सा पनि भइरहेको छैन।

विश्व जलवायु संगठनको पछिल्लो आँकडाका अनुसार सन् २०२० मा लकडाउनहरुका कारण सडक र उद्योगबाट उत्सर्जित कार्बनमा कटौती हुँदा समेत वातावरणमा कार्बन डाइअक्साइडको मात्रा अहिलेसम्मकै सबैभन्दा बढी हुन पुगेको छ। यसैबीच दुवै ध्रुवहरु र हिमालहरुको हिउँ पग्लिने दर आकाशिएको छ र समुद्री सतह तीव्र रुपमा बढिरेहेको छ। फलस्वरुप अब इतिहासकै ठूला विपत्तिहरु आउने र मानव सभ्यता नै संकटमा पर्ने प्रक्षेपण वैज्ञानिकहरुले गरिरहेका छन्।

अर्कोतिर नेपाल जलवायु संकटको सबैभन्दा बढी जोखिम हुने देशहरुमध्ये पर्छ। अहिले नै हिमालको हिउँ कम हुने, हिम नदीहरु छोटिंदै जाने र सुख्खा याममा पानीको बहाव कम हुने भएसँगै सिँचाइका लागि मात्रै नभई खानेपानीको समेत जोखिम हुन थालेको छ। पहाडी क्षेत्रको भद्रगोल सडक निर्माणका कारण समेत बाढीपहिरोले वर्षेनी सयौं मानिसका ज्यान लिने गरेको तथा सिंगो गाउँहरु विस्थापित हुने अवस्था छ। चुरे क्षेत्रको दोहनसँगै भावर र मधेशमा मरुभुमिकरण भइरहेको छ। हरेक वर्षायाममा तराइमा डुबानको समस्या उसै गरी बढ्दो छ। त्यसैले नेपालीहरुको पिउने पानीका स्रोतदेखि खाद्य सुरक्षासमेत जलवायु संकटका कारण जोखिममा छन्।

Ncell 2
Ncell 2
nimb
nimb

धेरै देशहरुले त्यो विपत्ति रोक्न खनिज ऊर्जालाई निरुत्साहित गर्दै ऊर्जाका सफा र नवीकरणीय स्रोतलाई प्रोत्साहन गरिरहेका छन् तर नेपालका सडकहरुमा अहिले पनि पेट्रोल र डिजलले चल्ने साधनहरुको बिगबिगी  छ। युरोपका धेरै देशले आफ्ना महानगरहरुलाई साइकलका ‘हब’का रुपमा विकसित गर्दै उत्कृष्ट भौतिक पूर्वाधार विकास गर्दा नेपालजस्ता देशमा चाहिं प्रदुषणकारी पेट्रोलियमका साधनहरुको प्रयोग आकाशिंदो छ। यसै पनि निम्छरो हाम्रो सार्वजनिक यातायात प्रणाली कोभिडका कारण झनै खस्केको अवस्थामा नेपालको यातायात क्षेत्र झनै बर्बादीको दिशातिर गैरहेको छः साँगुरा, धुलाम्य र उबडखाबड सडक, विश्वकै खराब वायु प्रदषण, शहरमा अचाक्ली लामा ट्राफिक जाम अनि गाउँमा ध्वंशकारी सडक निर्माण। यसले कार्बन उत्सर्जन मात्रै बढाएको छैन, दमदेखि क्यान्सरसम्मको प्रकोप निकै बढाएको छ।  

अर्कोतिर स्वदेशमा उत्पादित विद्युत् खेर जाने अवस्थामा समेत खरबौंको पेट्रोलियम पदार्थ आयात गरेर अर्थतन्त्र टाट पल्टने अवस्था आउंदै छ।

यो अवस्थामा आसन्न संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी बैठक सीओपी ट्वेन्टी सिक्समा नेपालजस्ता कार्बन उत्सर्जन कम गर्ने तर जलवायु संकटको जोखिम उच्च भएका देशहरुले विशेष भुमिका खेल्नु आवश्यक छ।

हामीले संयुक्त राष्ट्रसंघको पछिल्लो महासभामा यो लगायत द्वन्द्वको अन्त, सबैलाई कोभिड भ्याक्सिनको पहुँचलगायत शिक्षा र स्वास्थ्य क्षेत्रका एजेण्डाहरुसमेत राखेर राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन गरेका थियौं। 
 
अधिक कार्बन उत्सर्जन गर्ने देशहरुलाई जवाफदेही बनाउनका लागि पनि नेपालजस्ता देशले चुस्त कुटनीति अँगाल्नुपर्छ। तर त्यसको साथसाथै कार्बन उत्सर्जन कम गर्नका लागि नेपालभित्र निम्न सुधारहरु गर्न नेपाल सरकारसमक्ष माग गर्दर्छौंः

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१. शहरी पूर्वाधारलाई वातावरणमैत्री बनाउन
सबै सहरी क्षेत्रमा अनिवार्य साइकल लेन विकास गर्ने

पेट्रोलियम साधनहरु ‘फेज आउट’ गर्ने समय तालिका ल्याएर त्यसलाई कडाइका साथ पालना गर्ने
सार्वजनिक यातायातलाई बिस्तार गर्ने र विद्युतीय बसहरुलाई निःशुल्क चार्जिङलगायतका विशेष

सुविधा दिने र प्रोत्साहन गर्ने
काठमाडौंलगायतका शहरहरु तथा मुख्य राजमार्गहरुमा विद्युतीय साधनका लागि चार्जिङ स्टेशनहरु

व्यापक रुपमा स्थापना गर्ने

विद्युतीय साधनहरुमा थप कर कटौती गर्ने

शहरका विभिन्न व्यस्त भागहरुमा पेट्रोलियमका साधनहरु निषेध गर्ने
नयाँ सरकारी गाडी किन्दा विकल्प भएसम्म विद्युतीय गाडी मात्रै किन्ने व्यवस्था गर्ने
एलपी ग्याँसलाई विद्युतीय चुलोले विस्थापित गर्न जनचेतना जगाउने

२) देशको वन क्षेत्रको संरक्षण र बिस्तार गर्ने। निजगढको जंगलमा विमानस्थल र शहर बसाउने विवादास्पद परियोजनालाई पूर्ण रुपमा खारेज गर्ने। शहरी वन तथा हरियाली र खुला स्थान बिस्तार तथा संरक्षण गर्ने, सहरी सडक निर्माण तथा बिस्तार गर्दा हरियाली निर्माणलाई प्राथमिकता दिने। पहाडी क्षेत्रमा योजनाबद्ध र व्यवस्थित रुपमा मात्रै सडक निर्माण गर्ने, ट्रयाक खोले लगत्तै कालोपत्रे अनिवार्य गर्ने।

डा गोविन्द केसी
सोलिडारिटी फर डा केसी अलायन्स
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  ०९:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्