काठमाडौं– देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने जल तथामौसम विज्ञान विभागले जनाएको छ।
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि केही पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरी, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।