काठमाडौं- सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई तीन समूहमा वर्गीकरण गरी राहत उपलब्ध गराउने भएको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले साना र ठूला कृषकलाई फरक-फरक मापदण्ड बनाएर राहत उपलब्ध गराउने निर्णय गरेको हो।
जसअनुसार पूर्णरुपमा धानबालीमा क्षति भएका साना किसानलाई बढीमा १० कठ्ठा वा सो बराबरको जग्गामा क्षति भएमा ६५ प्रतिशत क्षतिपूर्ति दिने भएको छ।
यसैगरी मध्यम किसान १० कठ्ठाभन्दा बढी रहेको जग्गामा क्षति भएमा तीन विघासम्म क्षतिको ३० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिएको छ। साथै, ठूला किसानको मापदण्डभित्र परेकालाई तीद्द विघाभन्दा बढी जग्गा भएका र आंशिक धानबालीमा क्षति भएका किसानलाई क्षतिको अधिकतम् २० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
प्रधानमन्त्री कार्यालयका सचिवले पाँच दिनभित्र कार्यविधि बनाइ सोहीअनुसार राहत वितरण गरिने सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।