काठमाडौं–मानव बेखबिखन गरेको आरोपमा एक कोरियोग्राफर पक्राउ परेका छन्। मानव बेचबिखनको आरोपमा कोरियोग्राफर ५० वर्षीय विश्वबन्धु घिमिरेलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।
भरतपुर महानगरपालिका–१० का ५० वर्षीय घिमिरेलाई चितवनको क्षेत्रपुरबाट पक्राउ गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता अनुराग द्विवेदीले जानकारी दिए।
नृत्यु सिक्ने क्रममा चिनजान भएकी १९ वर्षीय युवतीलाई घिमिरेले दुबई लैजाने र स्टेज शोमा नृत्य गर्ने र ३ महिनादेखि ६ महिनासम्म दुबईमै बस्नुपर्ने बताएका थिए। त्यस वापत महिनाको एक लाखदेखि राम्रो नृत्य गरेको अवस्थामा ४ लाखसम्म मासिक कमाई हुने आश्वासन देखाएका थिए।
यवुतीले दुबई जानका लागि आफ्नो डकुमेन्ट पेश गर्दा कम उमेर देखिएकाले दुबई जान नमिल्ने भयो। भारतको बैंग्लोरमा स्टेजमा लैजान्छु भन्दै घिमिरेले स्थलमार्ग हुँदै युवतीलाई २०७० फागुन ४ गते भारत पुर्याएका थिए।
बैंगलौरमा चिफ ईन र सेनोरीता भन्ने रेष्टुरेन्टमा युवतीलाई जबरजस्ती यौन व्यवसायमा लगाउने गरी घिमिरेले बेचेको आरोप लागेको छ। पछि युवती २०७१ वैशाख १५ गते माइती नेपालको सहयोगमा नेपाल फर्कन सफल भएकी थिइन्। त्यसपछि उनले २०७१ जेठ ११ गते घिमिरेविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।
हाल पक्राउ परेका घिमिरे ३० वर्ष अगाडिदेखि साधना कला केन्द्र लगायतका विभिन्न नृत्य केन्द्रहरुमा नृत्य प्रशिक्षकका रुपमा काम गर्ने गर्दै आएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।