काठमाडौं– देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेकाले भारी वर्षा तथा बदलीको सम्भावना भने छैन।
आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।