काठमाडौं– सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ।उनी स्वास्थ्य समस्याका कारण केही दिनदेखि मेडिकेयर अस्पतालमा उपचाररत थिए।
८४ वर्षीय लम्सालको उपचारका क्रममा बिहीबार बिहान निधन भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए।
केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत उनको अस्पतालमै निधन भएको हो।
लम्साल २०५८ सालमा गठित सम्पत्ति छानबिन आयोगका अध्यक्षसमेत रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।