• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजीनामा माग भइरहँदा एक्लै मुद्दा हेरेर चोलेन्द्र शमशेरले दिन खोजेको सन्देश

64x64
दुर्गा दुलाल बुधबार, कात्तिक १०, २०७८  २१:२६
1140x725

काठमाडौं– सर्वोच्च अदालतका २० न्यायाधीशमध्ये १९ जना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एक ठाउँ उभिएका छन्। सर्वोच्च बाहिर रहेका तीन न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र अनिलकुमार सिन्हाले पनि सर्वोच्चमा जारी पेसी अवज्ञाको भद्र आन्दोलनमा आफूहरु साथमै रहेको जानकारी गराएपछि प्रधानन्यायाधीश जबरा पूर्णतः एक्लिएका छन्।  आइतबारदेखि ‘विद्रोहरत’ न्यायाधीशहरु वुधबारसम्म त्यसमा यथावत छन्। 

आइतबारको चिया समयपछि प्रधानन्यायाधीशले तोकेको पेसी बहिष्कार गर्दै ‘विद्रोह’मा उत्रिएका उनीहरु त्यसयता बुधबारसम्म लगातार इजलासमा गएका छैनन्। बुधबार बिहान ११ बजेदेखि अलग्गै बैठकमा सहभागी भएका न्यायाधीशहरुले करिब साढे १ वजेसम्म आन्तरिक छलफल गरेका थिए। छलफलमा पुरानै अडानमा कायम रहने सहमति भएको एक न्यायाधीशले बताए। बुधबार नै सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधन भएपछि उनीहरु सामुहिक छलफलबाट उठेर शोक प्रस्ताव पारित गर्न बोलाइएको ‘फुलकोर्ट’मा  सहभागी भएका थिए। 

सहकर्मीहरुबाटै 'बहिस्कार'मा परेका प्रधानन्यायाधीश जबराले भने बुधबार आफ्नो एकल इजलासबाट मुद्दाको सुनुवाइ नै गरे। उनले सधैं झैं बुधबार पनि आफ्नो राजीनामा मागिरहेका न्यायाधीशहरुको समेत इजलास गठन गर्दै पेसी तोकेका थिए। आफूलाई भने उनले एकल र संवैधानिक इजलासमा पेसी तोकेका थिए। त्यसपछि जबरा १२ वजे इजलासमा मुद्दाको सुनुवाइका लागि उपस्थित भए। पत्रकारहरुलाई ‘माथिको आदेश’ भन्दै प्रवेशमा रोक लगाइएको उनको इजलासमा बहस गर्न एक जना कानुन व्यवसायी पुगेका थिए। त्यसपछि उनले आफ्नो एकल इजलासमा पेसी चढेका ५ थान मुद्दामा लगालग आदेश गरे। 
लुम्विनी प्रदेश सभाका निलम्वित सांसद सन्तोषकुमार पाण्डेले सभामुख पूर्णबहादुर घर्ती मगरविरुद्ध दायर गरेको अवहेलना मुद्दालाई तामेलीमा पठाउने आदेश गरेका प्रधानन्यायाधीशले अन्य २ मुद्दामा कारण देखाऊ आदेश जारी गरे। एउटा मुद्दामा भने निवेदन फिर्ता र कैफियत प्रतिवेदन माग गर्ने आदेश गरे। 

यी मुद्दाको सुनुवाइ सकेपछि प्रधानन्यायाधीश जबराले शोक प्रस्तावका लागि सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) राखेका थिए। 

एक्लै इजलासमा किन पसे जबरा?
सर्वोच्च अदालत न्यायाधीशहरुकै आन्दोलनस्थल बनेका बेला प्रधानन्यायाधीशले एक्लै मुद्दा छिन्ने काम किन गरे त? कार्यक्षमतामै गम्भीर प्रश्नदेखि कार्यपालिका प्रमुखसँग मिलेमतो गरेको आरोप लागेका प्रधानन्यायाधीश जबराले यसरी विवादकै बीच मुद्दाको सुनुवाइ गर्नु भनेको आन्दोलनरत न्यायाधीशहरुलाई ठाडै चुनौती दिनु भएको पूर्वन्यायाधीश प्रकाश वस्ती बताउँछन्। प्रधानन्यायाधीश जबरा खेलाडी भएकाले उनले हारेर सम्झौता कहिल्यै नगर्ने उल्लेख गर्दै वस्तीले भने, ‘उहाँले आन्दोलनरत न्यायाधीश, नेपाल बार एसोसियशन, नागरिक समाज र अन्यलाई अब खुल्ला आन्दोलनमा आउन चुनौती दिनुभएको हो। प्रधानन्यायाधीशको यो सातै चाल हो। सत्तापक्षीय र विपक्षी दलहरु उनकै पक्षमा रहेकाले यस्ता खेल खेल्न बल दिएको छ।’ 

दलहरुले यसरी साथ दिँदाको भयावह परिणाम भने कल्पना नगरेको उनले बताए। ‘यसको अन्त्य भनेको यो संविधानको बिदाइ हुनेछ, यो खतरनाक छ’, वस्तीले भने।

वरिष्ठ अधिवक्ता विपीन अधिकारीले पनि प्रधानन्यायाधीश जबरामा अहंकार देखिएको टिप्पणी गरे। ‘सहकर्मीसहित अन्य तहबाट यत्रो दबाव आउँदा समेत इजलास तोकेर मुद्दा हेर्नु भनेको म नै प्रधानन्यायाधीश हुँ, मैले आत्मसर्मपण  नगरी कसैले केही गर्न सक्दैन भन्ने अहम् देखियो’, अधिकारीले भने, ‘आफूलाई प्राविधिक रुपमा हेरेर हुँदैन, अब यत्रो सार्वजनिक प्रश्न उठेपछि यसरी चल्दैन।’ 

अदालत क्रमशः कमजोर हुँदै गएको उल्लेख गर्दै उनले दलहरुले यो विषयमा हात हाल्न बाध्य हुने अवस्था आएमा त्यसले अदालत र स्वयम् प्रधानन्यायाधीश जबरालाई निकै ठूलो क्षति गर्ने बताए। ‘अहिले प्रधानन्यायाधीश मात्र अलग भएमा थप ड्यामेज गर्दैन, नत्र ठूलो क्षति हुनसक्छ’, अधिकारीले भने, ‘जबराविरुद्धको विद्रोह अदालत, बार हुँदै सार्वजनिक रुमपा सुरु हुनसक्छ। यसले दलहरु र उनीप्रति झन् नकारात्मक अवस्था निम्त्याउँछ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यसको विकल्प एउटैमात्र रहेको र त्यो भनेको आफूमाथि गम्भीर प्रश्न उठिसकेपछि प्रधानन्यायाधीश जबराले राजीनामा दिनु नै भएको उनले उल्लेख गरे। ‘आइतबारदेखि सुरु भएको विवाद एक हप्तामा पुग्नेतिर अघि वढेको छ, प्रधानन्यायाधीशले आत्मसंयम् राखेर अलग हुनुभएन भने राजनीतिक वृत्तलाई दबाव झन् बढ्ने छ’, उनले भने, ‘यो लोकतान्त्रिक शासन व्यवस्था हो, धेरै दिन दलले जनताको दबाब खेप्न सक्दैनन्।’ 

न्यायका लागि काठमाडौंकै बासिन्दा सडकमा उत्रिन थाले भने प्रधानन्यायाधीश मात्र नभइ न्यायालयको साख समेत समाप्त हुने उनले बताए। जबराका लागि राजीनामा बाहेक अन्य विकल्प नदेखिएको, बाध्य भएर महाअभियोगको अवस्थामा पुगेमा उनीमाथि अन्य छानबिनको कुरा पनि उठ्ने अधिकारीले बताए। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले आफ्नै सहकर्मी, बार, वरिष्ठ अधिवक्ताहरुले साथ छाडिसकेको अवस्थामा भोलि जबराको इजलासबाट भएका निर्णय र बहस नै बहिस्कार गर्ने वातावरण निम्तिन सक्ने बताए। ‘आफैं बदनाम भएको समयमा प्रधानन्यायाधीशले आगोमा घिउ थप्ने कार्य गर्नुभयो’, केसीले भने, ‘उहाँ अहिले न्यायालयमा अवाञ्छित पाहुना जस्तो हुनु भएको छ।’ 

राजीनामा प्रधानन्यायाधीशकै लागि उपयुक्त विकल्प भएको, तर त्यसो हुन नसक्नु दुःखद भएको टिप्पणी केसीले गरे। अबको विकल्पका रुपमा दलहरुको अग्रसरता नै रहेको केसीको बुझाइ छ।  'राजनीतिक दलहरुले अविलम्ब सक्रियता देखाएर प्रधानन्यायधीशलाई राजीनामा गराउनुपर्छ’, उनले भने। 

झन् साँघुरिँदै विकल्प 
त्यसो भए प्रधानन्यायाधीश जबरासँग अब के विकल्प बाँकी छन् त? जानकारहरु थप विवादित बन्दै गएपछि उनीसँग रहेका विकल्प साँघुरिदै गएको बताउँछन्। उनीहरुका भनाइमा जबराले अब राजीनामा दिने वा यसैगरी अटेर गरिरहने विकल्प मात्र बाँकी छ।

उनले मंगलबार आफूलाई सामूहिक रुपमा भेट्न आएका न्यायाधीशहरुलाई आफूले राजीनामा नदिने र जुन संवैधानिक प्रक्रियाबाट आएको हो, हट्नु परे पनि त्यही प्रक्रिया रहेको जवाफ दिएका थिए। आफूले राजीनामा नदिने अड्डी कस्दै उनले विवादमा परेका अन्य न्यायाधीशले राजीनामा दिए आफू पनि तयार रहेको समेत बताएका थिए। अर्थात् आफ्नो राजीनामा माग्न आएका अन्य न्यायाधीशहरुलाई उनले सिधै ‘तिमीहरु पनि विवादित हौ नि’ भन्न खोजे। 

सबैलाई विवादित देखाउँदै जबराले आफू संविधानमा भएका विकल्पबाट मात्र हट्ने भन्दै सीधै महाभियोग लगाउन चुनौती दिएका छन्। संविधानको धारा १३१ मा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुने व्यवस्था रहेको छ।  जसमा उल्लेख छः
(क) निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको उमेर ६५ वर्ष पूरा भएमा,
(ग) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,
(घ) शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रधानन्यायाधीशको हकमा संवैधानिक परिषद् र सर्वोच्च अदालतको न्यायाधीशको हकमा न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा, 
(ङ) निजले नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएमा,
(च) निजको मृत्यु भएमा।  

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  २१:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर... मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई ह... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्