सप्तरी - पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा सवारीसाधनले ठक्कर दिँदा एक नीलगाई मरेको छ।
बुधबार विहान गाडीले ठक्कर दिँदा नीलगाई मरेको थियो। सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा नीलगाई मरेको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ।
नीलगाईलाई ठक्कर दिएका चालक सवारीसहित फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले सवारी साधनको खोजी भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।