काठमाडौं- लमजुङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ। जिल्लाको खुदि बजार केन्द्रविन्दु भएर सोमबार राति परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार साँझ ८:३० बजे ४.०१ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि १ कार्तिकमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर तीन मिनेटको अन्तरमा दुईवटा भूकम्पको परकम्प गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।