काठमाडौं- बेमौसमी वर्षाले धानबालीमा पुर्याएको क्षतिको अध्ययन गरी प्रतिवदेन पेश गर्न सरकारले कार्यदल बनाएको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा एक कार्यदल बनाएको हो।
उक्त कार्यदलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहनेछन्।
कार्यदललाई धानबालीमा पुर्याएको क्षति अध्ययन गरी विवरण बुझाउन तीन दिनको समय दिइएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
३१ असोजपछि निरन्तर परेको वर्षाले धानबालीमा आठ अर्ब बढीको क्षति पुगेको कृषि मन्त्रालयले प्रारम्भिक आकडा निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।