काठमाडौं– मेडिकल शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेका छन्।
प्रधानन्यायाधीश राणा न्यायिक विचलन, भागवण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भइ न्यायिक नैतिकताबाट 'च्यूत' भएको केसीको आरोप छ।
डा केसीले न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने केसीको भनाइ छ। डा केसीले राणाको पदीय हैसियतको अवज्ञा गर्न पनि सबैमा आग्रह गरेका छन्।
तत्काल राजीनामा नदिएमा राणाको पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने डा केसीले चेतावनी दिएका छन्।
'प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा न्यायिक विचलन, भागबण्डा, सौदाबाजी र भ्रष्टाचारजन्य कार्यमा संलग्न भइ न्यायिक नैतिकताबाट च्यूत भएको हुँदा न्यायालयको स्वतन्त्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं,' सोमबार एक वक्तव्य जारी गर्दै केसीले भनेका छन्, 'तत्काल राजिनामा नदिएमा उहाँको पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।