काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) नबस्ने भएको छ। १३ जना न्यायाधीशहरु छुट्टै छलफलमा जुटेको र नेपाल बार एसोसिएसनको बैठक पनि नसकिएकाले फुलकोट बैठक बस्न नसकेको हो।
सोमबार अदालतमा उपस्थित भएकामध्ये १३ जना न्यायाधीशले आफूहरुका लागि तोकिएको इजलास 'बहिस्कार' गरेका थिए। इजलास बहिस्कार गरेका न्यायाधीशहरु छुट्टै छलफलमा जुटेका थिए।
१३ जना न्यायाधीशहरुको बैठकमा मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर उनको राजीनामा माग्ने समझदारी जुटेको जनाइएको छ।
प्रधानन्यायाधीश राणाले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनको कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिको विषयमा छलफल गर्न नेपाल बार एसोसिएसनसहितको फुलकोर्ट बैठक बोलाएका थिए।
तर, १३ जना न्यायाधीशहरु इजलासमा समेत नबसेर अलग्गै छलफलमा जुटेपछि प्रधानन्यायाधीश राणाले बोलाएको फुलकोर्ट बैठक बस्न नसकेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।