Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

न्यायालय जटिल मोडमा, तर दलहरू मौन

64x64
नेपाल लाइभ सोमबार, कात्तिक ८, २०७८  १४:४७
1140x725

काठमाडौं- सर्वोच्च अदालतमा गम्भीर मोडमा आइपुगेको छ। सरोकारवालाहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको लागि आवाज उठाइरहेका छन्, सर्वोच्च अदालतका न्यायाधीशहरुले इजलास 'बहिस्कार' गरेका छन्। सोमबार तोकिएको इजलासलाई बेवास्ता गरेर छलफलमा जुटेका उनीहरुले अब राणाको राजीनामा माग्ने निष्कर्ष निकालेका छन्। आजैका लागि बोलाइएको नेपाल बार एसोसिएसनसहितको फुटकोर्ट बैठक पनि बहिस्कार गर्ने भनेर उनीहरुले आइतबारै निर्णय गरिसकेका थिए।

पूर्वन्यायाधीश फोरम, सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा विभिन्न किसिमका सरोकारवालाहरुले राणाले स्वेच्छिक रुपमा बहिर्गमनको उपाय समात्नुपर्ने नभए प्रतिनिधि सभाले आफ्नो भूमिका निर्वाह गर्दै उनीमाथि महाभियोग लगाउनुपर्ने कोणबाट धारणा सार्वजनिक गरिरहेका छन्। तर, यतिबेला मुख्य दलहरु भने मौन छन्। अनेक सानाठूला विषयमा सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिरहने सानाठूला नेताहरु यो विषयमा मौन देखिएका छन्। दलहरुको आधिकारिक र औपचारिक धारणा त झन् टाढाको विषय भएको छ।

अहिले प्रधानन्यायाधीश विवादमा परेको विषयमा सत्तारुढ गठबन्धनका दलहरु पनि कुनै न कुनै रुपमा जोडिन्छन्। मन्त्रिपरिषद् गठनमा भएको भनिएको भागबण्डाको एक पक्ष स्वयं सत्तारुढ दलहरु नै हुन्। अझ प्रधानन्यायाधीशलाई भागबण्डामा 'सहमत'  गराउन पाएकोमा उनीहरु सन्तुष्ट पनि छन्। त्यसैले प्रधानन्यायाधीश राणाको विषयमा आफूहरु बोल्न नपरे हुन्थ्यो भन्ने उनीहरुको अपेक्षा देखिन्छ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ भन्छन्, 'न्यायालयको स्वच्छता, स्वतन्त्रता र मार्यादा कायम राख्न शक्ति पृथकीकरणको सिद्धान्त अनुसार स्वतन्त्र ढंगले निर्णय गर्न दिनुपर्छ। त्यहाँ उठेका विषयमा त्यहाँकै प्रक्रियाबाट समाधान खोज्दा राम्रो हुन्छ।'

सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मा त सामाजिक सञ्जाल र पत्रपत्रिकामा आएका अभिव्यक्तिलाई लिएर धारणा बनाउनु हतार हुने बताउँछन्। प्रधानमन्त्री शेरबहादुर देउवानिकट रहेका उनी भन्छन्, 'राज्यका प्रमुख अंगका प्रमुखहरुका बारेमा संविधानले नै बोल्छ। सामाजिक सञ्जाल, पत्रपत्रिका वा व्यक्तिगत अभिव्यक्तिलाई लिएर दलहरुले धारणा बनाउनु हतार हुन्छ। बाहिर आएका धारणामार्फत् नै निष्कर्ष निकाल्नु हुँदैन।'

विश्वकर्माले यो विषयमा पार्टीगत धारणाभन्दा पनि गठबन्धनले निष्कर्ष दिनुपर्ने बताए। न्यायालयको विषयलाई दलहरुले मिहिन ढंगले हेरिरहेको बताउँदै उनले प्रतिक्रिया दिनु भनेको निष्कर्ष दिनु पनि भएकाले त्यसरी निष्कर्ष निकालिहाल्नु राम्रो नहुने बताए। 'न्यायालयको कुरा राजनीतिक विषय होइन। विधि र नैतिक विषय हो। दलहरुले धारणा दिन हतार नगरेकै राम्रो हुन्छ', उनले भने।

प्रधानन्यायाधीश राणा अहिले मात्रै बागबण्डामा मुछिएका होइनन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओली रहँदा पनि विवादास्पद ढंगले बोलाइएको संवैधानिक परिषद्को बैठकमा सहभागी भएर संवैधानिक आयोगमा गरिएको नियुक्तिको सिफारिसमा भाग लिएको आरोप छ। त्यस सम्बन्धी मुद्दालाई उनले किनारा दिने विषयमा उनले आलटाल गरिरहेका छन्।

सो सरकारका एक जना मन्त्री तथा एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली अहिले न्यायालयमा देखापरेको विवाद र कचिंगल दुःखद् भएको त बताउँछन् तर त्यसको कारण भने असार २८ गतेको फैसलासँग जोड्छन्। त्यो फैसलामार्फत् नै तत्कालीन ओली सरकारको बहिर्गमन भएको थियो। दोस्रो पटक गरिएको प्रतिनिधि सभा विघटन बदर भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रवक्ता ज्ञवालीले परमादेश सिर्जना गर्नका लागि कतिपय राजनीतिक दल र न्यायालयको बीचमा एकखालको अपवित्र गठबन्धन बन्न पुगेको थियो, त्यसकै परिणाम अहिले देखिएको बताए। ‘यो विकृतिको स्रोत र आजका समस्याहरुको मूल जग त्यहाँनेर छ। समस्याको समाधान त्यहीबाट खोज्नुपर्छ’, उनले भने, ‘मुख्य कारणहरुलाई पन्छाएर प्रधानन्यायाधीश एकजना व्यक्तिलाई दोषी सावित गरेर अहिलेको समस्याको समाधान हुँदैन।’

उनले एकजना व्यक्तिलाई सबै दोषको भारी बोकाएर निश्चित राजनीतिक पार्टी, वकिलहरु र निश्चित स्वार्थ समूहले खोजे अनुरुपको न्यायालय बनाउने हिसाबले बहस केन्द्रित भएको उनको बुझाइ छ। 'समाधान खोज्ने हो भने त (असार २८ को फैसला गर्ने) पाँचैजना न्यायाधीशले त्यसको जिम्मेवारी लिनुपर्यो नि त। उहाँहरु पनि त्यसबाट त चोखो हुनुहुन्न’, उनले भने।

न्यायालयको अहिलेको परिस्थितिको विषयमै मुख्य दलहरुले धारणा सार्वजनिक गर्न हिच्किचाइरहेको बेलामा यसको जरो खोज्ने विषय छन् टाढा बनेको छ। ज्ञवालीले भनेजस्तो असार २८ को फैसलासँग मात्रै होइन, न्यायाधीशहरुको नियुक्ति प्रक्रियामा दलहरुको संलग्नता र भागबण्डासम्मै यो विषय तन्किन्छ।

आफू पक्षको न्यायाधीशलाई अवसर उपलब्ध गराएर न्यायालयमा आफ्नो दलको प्रभाव कायम राख्न सबै जसो दलले उत्तिकै मिहिनेत गरेका छन्। त्यसैले अहिले उठेजस्तो महाभियोगको प्रक्रियामा अघि बढ्न दलहरुको नैतिक बल नपुग्ने कतिपयको भनाइ छ। त्यसैले पनि दलहरु जे हुन्छ, सर्वोच्चकै चौघेराभित्रै होस् भन्ने चाहेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'अहिले न्यायलेको परिधिभित्र कानुन व्यवसायी, पूर्वन्यायाधीशहरु र सर्वोच्च अदालतकै न्यायाधीशभित्रै बहसको विषय भइरहेको छ। त्यहाँ छलफल चलिरहेको छ', गुरुङले भने, 'त्यहीँबाट समाधान निस्किन्छ भन्नेमा आशावादी छौं। त्यहाँबाट समाधान निस्केन र समस्या लम्बियो भने सदन आकर्षित होला।'

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्