काठमाडौं– गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा संरक्षक देवमान हिराचनले समयावधि थप्ने व्यवस्था विधानमा नभएको बताएका छन्।
कुमार पन्त नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको अवधि छ महिना थपिएको छ। विश्व सम्मेलनमा चयन गरिएका प्रतिनिधि विवादले समयमा महाधिवेशन हुन नसकेपछि वर्तमान कार्यसमितिको अवधि बढाइएको थियो। विधानमा नभएको व्यवस्था प्रयोग गरी अवधि बढाएको प्रति असन्तुष्टि व्यक्त गरे।
आइतबार भर्चुअल माध्यमबाट गरिएको गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व भेलामा बोल्ने क्रममा उनले चुनाव नभएको दुःख व्यक्त गरे।
संघको १८ वर्षको इतिहासमा पहिलो पटक समयमै महाधिवेशन हुन नसकेको बताए। ‘अन्तर्राष्ट्रिय समन्वय परिषदले आफ्नो कार्यकाल आफै ६ महिना थप गर्ने प्रावधान संघको विधान छैन,’ हिराचनले भने, ‘संरक्षक परिषदले हामीलाई जिम्मा दिए १ महिना भित्र समाधान गर्न सक्छौं भनेका थियौ तर गरेको निर्णय पनि लागू भएन।’
संघमा आफैले बनाएको विधान र नेपाल सरकारको कानून पालना नगर्दा अहिलेको समस्या आएको उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।