काठमाडौं– नेपाल बार एसेसिएनसले आस्मिक बैठक बोलाएको छ। सर्वोच्च अदालतमा देखिएको विवादबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको महासचिव लीलामणि पौडेलले बताए। बैठक दिउँसो १२ बजेका लागि बोलाइएको उनको भनाइ छ।
बैठकमा प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकका विषयमा समेत छलफल हुने उनले जानकारी दिए। बैठकमा सहभागी हुने वा नहुने भन्ने विषय बैठकबाटै टुंगो लगाइने उनको भनाइ छ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरुले फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।