काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरूको बैठक सुरु भएको छ। सर्वोच्च अदालतमा सुरु भएको बैठकमा न्यायाधीशहरू आउने क्रम जारी रहेको सहभागी एक न्यायाधीशले बताए।
यसअघि उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (सोमाबार) बोलाएको फुलकोर्टमा सहभागी नहुने निर्णय गरिसकेका छन्।
आइतबार न्यायाधीशहरुको संयुक्त बैठकले आज इजलास सुरु हुने समयमै बैठक बस्ने निर्णय गरेको थियो। आइतबारकोे १४ न्यायाधीशको बैठकले फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णयसमेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।