काठमाडौं- विवाद र सहकर्मी न्यायाधीशहरुको इजलास बहिस्कार गर्ने चेतावनीकै बीचमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारको पेसी तोकेका छन्।
राणाले आफू बाहेक सात वटा इजलास गठन गर्दै पेसी तोकेका छन्। राणाले ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन्।
न्यायाधीश दिपककुमार कार्की र हरिप्रसाद फुयाँल, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र मनोजकुमार शर्मा, विश्वभरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, प्रकाशमान सिंह राउत तथा सुष्मालता माथेमा र बमकुमार श्रेष्ठको एकल इजलासमा पेसी तोकेका हुन्।
राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार नै चियापछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए । उक्त निर्णय आज पनि निरन्तर रहने उनीहरुले बताएका छन्। आज इजलास सुरु हुनु अघि छलफल गर्ने अनि निर्णयमा पुग्ने सहमति आइतबार न्यायाधीहरुले गरेका थिए। राणाले आजका लागि बोलाएको फुलकोर्टको बैठकमा सहभागी नहुने निर्णय न्यायाधीशहरुले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।