• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

यी हुन् प्रधानन्यायाधीश जबरासँग रहेका विकल्प

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ७, २०७८  २३:०६
1140x725

काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूमाथि आइपरेको संकट टार्न आइतबार नेपाल बार एसोसियसनका पदाधिकारीसँग छलफल गरे। उक्त छलफलमा उनले फुलकोर्ट बोलाउने सहमति गरे। तर, सर्वोच्चकै बहालवाला न्यायाधीशहरूले फुलकोर्टमा सहभागी  नहुने निर्णय गरेपछि उनी त्यसमा असफल भएका छन्।

राणाले बारका पदाधिकारीसँग आफ्नो गल्तीहरूमा माफी माग्दै दिएको   उक्त विकल्प आजै बैठक बसेका सर्वोच्चका वरिष्ठ न्यायाधीशसहितका बहालवाला १४ जना न्यायाधीशले अस्वीकार गरेका हुन्। न्यायाधीशहरुको निर्णयले अब राणाका विकल्पहरू झन् साँघुरो पारिदिएको छ। उनीहरुले आइतबारबाटै राणाले तोकेको पेसी बहिष्कार गर्न सुरु गरिसकेका छन्।

प्रधानन्यायाधीश राणाबाहेकका न्यायाधीशहरुको बैठक करिब तीन घण्टा चलेको थियो, जहाँ अबको विकल्प र निकासका बारेमा छलफल गरेका थिए। उनीहरूले राणा विवादित हुनुका साथै अदालतलाई पनि विवादित पारेकाले उनले मार्गप्रशस्त गर्नुपर्ने शर्त प्रस्टरुपमा राखेका छन्। छलफलमा सहभागी एक न्यायाधीशले अब राणाले मार्गप्रशस्त गर्नुपर्नेमा सबै न्यायाधीश सहमत भएको बताए।

सोमबार इजलासअघि फेरि छलफल गरेर इजलास बहिष्कारसम्मको अभियानमा जाने उनीहरुको तयारी रहेको छ। आइतबारको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सूष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् भने अन्य चार जना न्यायाधीशहरू कुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल आइतबार काठमाडौंमा थिएनन्। केसी बुटवलमा रहेका छन् भने मल्ल एक साताको विदा लिएर आइतबार खप्तडको भ्रमणमा हिँडेकी थिइन्। १४ जना न्यायाधीशहरूले खाजा ब्रेकपछि इजलास नबसेर संयुक्त बैठक बसेकाले आजको पेसी उनीहरुले बहिष्कार गरेर विरोध सुरु गरिसकेका छन्। 

यसरी राणा पछिल्लोपटक अदालतभित्रै घेराबन्दीमा परेका छन्। प्रधानन्यायाधीश राण आफ्नै सहकर्मीबाट घेराबन्दीमा परेको यो दोस्रोपटक हो। यसअघि दोस्रोपटक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको मुद्दामा जुनियर न्यायाधीशको इजलास मिलाउन नसक्दा झण्डै विद्रोहको अवस्था आएको थियो। उक्त समयमा राणाले वरिष्ठ न्यायाधीशको रोलक्रमका आधारमा तोक्ने र आगामी दिनमा यस्तो नहुने बताएपछि मिलेको थियो। तर यसपटक भने न्यायाधीशहरुले राणालाई माफी दिने अवस्था नहुने देखिएको छ। यो अवस्थामा प्रधानन्यायाधीश राणाका बीचमा केही सीमित विकल्पमात्र देखिएका छन्। राणासँग तत्कालीन रुपमा अगाडि चार विकल्पमात्र देखिएका छन्  

१) राजीनामा
राणासँग रहेको पहिलो विकल्प हो प्रधानन्यायाधीशको पदबाट राजीनामा दिने। राजनीतिक वृत्तमा उनको बारेका कुनै चर्चा नभएपछि अदालतभित्र र न्यायिकवृत्तमा भने राजीनामाको दबाब बढेको छ।

शुक्रबार पूर्वन्यायाधीश फोरमले पनि राणासँग यही अपेक्षा गरेको थियो। पूर्वन्यायाधीश फोरमले राणालाई पदबाट राजीनामा दिन आग्रह गरेको थियो। उक्त विकल्प नअपनाए उनलाई हटाउन प्रतिनिधि सभालाई महाअभियोगतिर अघि बढ्नसमेत सुझाव दिएको थियो। त्यस्तै बहालवाला न्यायाधीशहरुलाई पनि उनीहरुले विद्रोहमा उभिन आह्वान गरेका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

२) महाअभियोग 
प्रधानन्यायाधीश राणामाथि रहेको अर्को विकल्प हो महाअभियोग। संविधानको धारा १०१ मा महाअभियोगसम्बन्धी व्यवस्था रहेको छ। न्यायिक विचलन देखिएमा न्यायाधीश र प्रधानन्यायाधीशमाथि महाभियोग लाग्नसक्ने संविधानमा उल्लेख छ। तर, अहिले राणाविरुद्ध महाअभियोग दर्ता गर्ने राजनीतिक अवस्था भने देखिँदैन। राणाका विरुद्ध राजनीतिक वृत्तमा कुनै औपचारिक छलफल भएको देखिँदैन। त्यसैले राणाविरुद्ध प्रतिनिधि सभामा महाअभियोग दर्ता भइ पारित हुने विकल्प प्रभावकारी देखिँदैन। 

प्रतिनिधि सभामा सत्ता पक्षगठनबन्धन र विपक्षी गठबन्धन कोही पनि यसका लागि तयार देखिएका छैनन्। महाभियोगको प्रस्ताव तीन सांसदले  गर्न सक्नेछन्। तर, त्यसलाई निलम्बनसम्म लैजानका लागि  प्रतिनिधि सभामा एक चौथाइ सांसद राणाको विपक्षमा उभिनुपर्ने देखिन्छ। प्रस्ताव पारित हुनका लागि आवश्यक बहुमत कुनै राजनीतिक दलसँग रहेको छैन। त्यसैले यो प्रस्ताव तत्काल अघि बढ्ला भन्ने देखिँदैन। राणाले न्यायिक विचलन देखिए महाअभियोग लगाउन चुनौती भने दिनसक्ने देखिन्छ। 

३) विदामा बस्ने 
राणा र अन्य न्यायाधीशहरुका लागि सहज विकल्पको रुपमा देखिएको अर्को उपाय हो, विदामा बस्ने। राणाले सबै न्यायाधीशहरुको बैठक राखेर आफूसँग जोडिएका सबै मुद्दाको सुनुवाइ नभएसम्मका लागि आफू विदामा बस्ने विकल्प दिनसक्ने छन्। यसमा पनि सहकर्मीहरु तयार नभएमा बाँकी रहेको डेढ वर्षको कार्यकाल विदामा बसेर न्यायालयबाट विदा लिनसक्ने विकल्प देखिन्छ। तर, बहालवाला प्रधानन्यायाधीशका लागि यो उपयुक्त विकल्प नहुनसक्छ।

४) विवादकै बीचमा बसिरहने 
राणासँग रहेको अन्तिम विकल्प हो विवादकै बीचमा पनि सर्वोच्च अदालतमा बसिरहने। राजनीतिक दलहरुको साहरा लिएर विरोधमा रहेका न्यायाधीशहरुमा विभाजन ल्याउँदै उनले आफूलाई पदमा कायम रहनका लागि केही लचकता देखाएर काम गर्ने अनि बाँकी रहेको कार्यकाल पूरा गर्नसक्ने विकल्प अपनाउनसक्ने पनि देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, यो विकल्प आइतबार भएको न्यायाधीशहरुको छलफलले नमान्ने प्रस्ट देखिन्छ। यसो हुँदा राणाको विषयमा अब ‘वार कि पार’को अवस्था हुनुपर्ने पक्षमा बहालवाला न्यायाधीश भएकाले उनको बहिर्गमनकै सहज विकल्प देखिन्छ। यसअघि गोपाल पराजुली केही समय जबरजस्ती रुपमा अदालतमा बसेका थिए। तर, न्यायपरिषद्ले पत्र दिएपछि उनी विदा हुन बाध्य भएका थिए। राणाको अवस्था पनि जबरजस्ती बिदाइ हुने बन्दै गएको देखिएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्