काठमाडौं- वरिष्ठ अधिवक्ता विपिन अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले जतिसक्दो चाँडो राजीनामा दिनुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रधानन्यायाधीशको राजीनामा जति-जति ढिला हुँदै जान्छ उति-उति सर्वोच्च अदालतका प्रक्रियाहरु जटिल बन्दै जाने टिप्पणी गरेका छन्।
'प्रधानन्यायाधीशको राजीनामा जति-जति ढिलो हुँदै जान्छ उति-उति सर्वोच्च अदालतका प्रक्रियाहरु जटिल बन्दै जाने छन्। फुलकोर्ट बहिष्कारको निर्णय गरेका सर्वोच्च अदालतका १४ न्यायाधीशले इजलाससमेत बहिष्कार गर्ने चेतावनी दिनु यसको एउटा विम्व मात्र हो,' उनले लेखेका छन्, 'वकिलहरू जोडिन अब धेरै समय लाग्ने छैन। हिजो विभेद वा अन्याय भोग्नुपरेका हितग्राहीहरु पनि जोडिन सक्छन्। सर्वोच्च अदालतको स्वतन्त्रता र निष्पक्षताको पक्षमा जनमत छैन भन्ने ठानिनु हुँदैन।'
सर्वोच्च अदालतका १४ जना न्यायाधीशको बैठकले सोमबारका लागि बोलाइएको फुलकोर्ट बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो। यससँगै प्रधानन्यायाधीश जबरा नैतिक संकटमा फसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।