काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत असोज ३१ गते नर्भिक अस्पतालमा भर्ना भएका वैद्य आइतबार साँझ डिस्चार्ज भएको उनको परिवारिकले जानकारी दिएको छ।
दमको समस्या भएका वैद्यलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। आठ दिनको अस्पताल बसाइपछि उनको स्वास्थ्यमा सुधार आएसँगै चिकित्सकले घरमै आराम गरेर बस्न सुझाएपछि डिस्चार्ज भएको बताइएको छ।
यसैबीच नर्भिक अस्पतालले पनि विज्ञप्ति जारी गरी महाचसिव वैद्यको डिस्चार्जबारे जानकारी दिएको छ। उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।