काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रको हित विपरित एमालेले कहिल्यै अनुचित सम्झौता नगर्ने बताएका छन्। गृहनगर झापामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘एमालेले देशका विरुद्ध काम गर्दैन। देशको हितमा काम गर्छ। जनताको हितमा नै काम गर्छ। इर्ष्याका कारणले राम्रो काम बिथोल्ने, बिग्रार्ने काम गर्दैन,’ उनले भने, ‘राम्रो कामको प्रशंसा गर्छ। नराम्रो कामको विरोध गर्छ।’
राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा एमाले सँधै अडिग रहने भन्दै उनले आफ्नो पार्टीको काम भनेको राष्ट्रिय हितको संरक्षण र सम्बर्द्धन गर्नु मात्रै रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।