काठमाडौं- सर्वोच्च अदालतका १४ न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलि बोलाएको फुलकोर्टमा सहभागी नहुने निर्णय गरेका छन्।
आइतबार बसेको १४ न्यायाधीशको बैठकले भोलिको फुलकोर्टमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको एक न्यायाधीशले बताए।
यसअघि जबराले आइतबारै नेपाल बार एसोसिएसनसँगको छलफलमा भोलि फुलकोर्ट बोलाउने र त्यसमा बारका प्रतिनिधि पनि सहभागी गराउने बताएका थिए।
मन्त्रिपरिषद्मा भाग मागेको र विकृतिविहीन न्यायालय सम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेका छन्।
उनले बारसँगको छलफलमा आफूले गल्ती गरेको ठाउँमा माफी माग्न तयार रहेको बताएपनि सर्वोच्चकै न्यायाधीश उनको विपक्षमा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।