काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्षातले प्रभावित नागरिकलाई सहयोग रकम उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
असोज ३१ गते परेको अविरल वर्षाका कारण पहिरो र बाढीले जीवन गुमाएका तथा घर क्षतिग्रस्त भएका परिवारलाई राहत रकम उपलब्ध गराउन उनले आग्रह गरेका छन्।
बाढीपहिरोमा परी जीवन गुमाएका प्रतिपरिवार दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने सरकारले निर्णय गरेको थियो। कात्तिक ३ गते भएको निर्णय कार्यान्वयन भने भएको छैन।
व्यवसाय गुमाएका नागरिकको ५ जनाको परिवारलाई १५ हजार र सोभन्दा ठूलो परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो।
घर भत्किएका परिवारलाई प्रतिघर ५० हजार, घर पुनर्निमार्णका लागि पहाडमा ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो। जग्गा नभएकाको लागि थप ३ लाख उपलब्ध गराउने सरकारी निर्णय छ।
बीमा कम्पनीलाई किसानलाई कृषि बीमाको जानकारी गराएर बाली बीमा गराउन उत्प्रेरित गर्न पनि उनले विज्ञप्तिमार्फत् आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।