काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अहिलेको सरकारले गर्नुपर्ने एउटा पनि काम गर्न नसकेको टिप्पणी गरेका छन्।
आइतबार झापामा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘सय दिनमा सरकारले के गर्यो भन्दा ५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएछ। एकजना मन्त्रीले त राजीनामा गर्नु भएछ। ती व्यक्ति को हुन्, कसरी मन्त्री भए त्यो त देखिसकिएको छ।’
अहिलेको सरकारले गर्न हुने/नहुने सबै काम गरेको उनले बताए। यस्तै, संसद्ले पनि सिन्को समेत भाच्न नसकेको नेम्वाङको टिप्पणी छ।
‘सरकारले संसद्लाई काम पनि दिन सकेको छैन। यो सरकारले अहिलेसम्म केही पनि गर्न सकेको छैन,’ उनले भने, ‘काम गर्ने भनेको त एमाले नेतृत्वको सरकारले नै हो भन्ने जनताले बुझेका छन्।’
सर्वोच्च अदालतको परमादेशबाट केपी शर्मा ओली नेतृत्वको सरकार हटाइएको भन्दै उनले अबको निर्वाचनबाट जनताले पुनः एमालेलाई नै बहुमत दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।