काठमाडौं- नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल सर्ने भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा सर्ने भएको हो।
जसका लागि आइतबार एमाले र प्रतिष्ठानबीच समझदारी भएको एमाले महासचिव ईश्वर पोखरेलले बताएका छन्। अब केही समयपछि एमालेको केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण कामहरू तुल्सीलाल स्मृति प्रतिष्ठानकै भवनबाट हुने उनले बताएका छन्।
हाल एमालेको केन्द्रीय कार्यालय थापाथली हाइटस्थित व्यावसायिक घरनाका एक व्यक्तिको घरमा थियो। त्यसअघि एमालेको कार्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको भवनमा थियो।
तुल्सीलाल स्मृति प्रतिष्ठानसँगको समझदारीपछि एमाले नेताहरू।
२०७२ सालको भूकम्पले बल्खुमा रहेको एमालेको पार्टी कार्यालय भत्काएको थियो। बल्खुमा एमालेले नयाँ भवन बनाउने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।