काठमाडौं- सर्वोच्च अदालत बार एसोसिएसनको पदाधिकारीको आकस्मिक बैठक सुरू भएको छ। बैठक सर्वोच्च बारको कार्यालय, सर्वोच्च अदालतमा जारी छ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा देखिएको विवाद र संवैधानिक इजलासमा एमिकस क्यूरी पठाउने/नपठाउनेबारे छलफल हुने एक पदाधिकारीले बताए। संवैधानिक परिषद् सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च बारबाट एमिकस क्यूरी मगाउने आदेश गरेको थियो।
बैठकपछि सर्वोच्च बारका पदाधिकारीहरूले प्रधानन्यायाधीश राणालाई भेट्ने तयारी गरेका छन्। अहिले नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीश राणाबीच सर्वोच्च अदालतमै भेटवार्ता जारी छ।
मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, विकृतिविहीन अदालत बनाउने सम्बन्धी गठित समितिको प्रतिवेदन कार्यान्वयन नगरेको र पेसी तोक्ने लगायतका विषयमा प्रधानन्यायाधीश राणा आलोचित बनिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।