फाइल तस्बिर
काठमाडौं- प्रदेश १ को आजका लागि बोलाइएको प्रदेश सभा स्थगित गर्न सत्तारुढ नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निवेदन दिएका छन्।
आइतबार बैठक बस्नुअघि एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र कांग्रेस प्रमुख सचेतक केदार कार्कीले सभामुख प्रदीपकुमार भण्डारीलाई निवेदन दिएका हुन्। कार्कीले कात्तिक १५ गतेसम्मलाई बैठक स्थगित गर्न अनुरोध गरेको हो।
एमालेले आफ्नो अधिवेशन चलिरहेकाले सबै प्रदेश सभा सदस्यहरु संसद् बैठकमा उपस्थित हुन नसक्ने कारण देखाएको छ भने कांग्रेसले आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको भ्रमणमा आउने भएकाले बैठक स्थगित गर्न निवेदन दिएको हो। यद्यपि, कांग्रेसले सत्ता गठबन्धनमा भागबण्डाको विषय टुंग्याउने अभिप्रायले निवेदन दिएको नेताहरुको भनाइ छ।
गत शुक्रबार मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए। सो प्रस्तावमाथि आज मतदान हुने कार्यक्रम तय गरिएको थियो। आगामी मुख्यमन्त्री एकीकृत समाजवादीका राजेन्द्र राईलाई बनाउने संघीय सरकारमा गठबन्धन बनाएका दलहरुको सहमति छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।