काठमाडौं– विगत ६ वर्षदेखि वितरण हुँदै आएको पहिचान पुरस्कारको यस वर्षको संस्करणका लागि उत्कृष्ट पाँच पुस्तक छनोटमा परेका छन्। पहिचान पुरस्कार कोषले शनिबार विज्ञप्ति निकाल्दै यस वर्षका लागि छानिएका उत्कृष्ट पाँच पुस्तकहरुको सूची सार्वजनिक गरेको हो।
२०७७ साउनदेखि २०७८ साउनसम्म प्रकाशित भएका पुस्तकहरुबाट कोषलाई प्राप्त पुस्तकहरुमध्ये उत्कृष्ट पाँच छानिएको कोषले जनाएको छ। उत्कृष्ट पाँच पुस्तकहरुमा श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा बिहान हिँडिरहेछु’, बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी रणमैदान’ रहेको कोषले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
२०७२ मा स्थापना भएको पहिचान पुरस्कार कोषले यसअघि चार पटक पुरस्कार वितरण गरिसकेको छ। यसअघि राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’, यज्ञशको ‘भुइयाँ’ र उन्मुक्त पुस्ताको ‘आफर’ तथा सरस्वती प्रतीक्षाको ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन्।
यो वर्ष छनोटमा परेका पुस्तकहरुबाट पहिचान पुरस्कारको घोषणा मंसिरमा हुने विज्ञप्तीमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।