काठमाडौं- स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा दीपेन्द्ररमण सिंहलाई दिइएको छ। यसअघि स्वास्थ्य मन्त्रालयमा रहेका डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी पत्र दिइएको हो।
डा सिंहलाई आज महानिर्देशकको पत्र दिइएको मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।
विभागका निमित्त महानिर्देशक डा आरपी बिच्छाको उमेरका आधारमा सेवा अवधि सकिएपछि डा सिंहलाई उक्त जिम्मेवारी दिइएको हो। डा बिच्छाको सेवा अवधि सकिए पनि सरकारले उनको सेवा तीन वर्ष थप गरेको छ।
यसरी सेवा थप गरेका कर्मचारीलाई कार्यकारी जिम्मेवारी दिन नमिल्ने व्यवस्था छ। सोही कारण मन्त्रालयले विभागको महानिर्देशकमा डा सिंहलाई पठाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।