काठमाडौं– नेपाल बार एसोसिएसनको कार्यसमिति र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता जारी छ।
अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाइमा बार कार्यसमिति प्रधानन्यायाधीशलाई भेट्न पुगेका हुन्। प्रधानन्यायाधीश जबरा विभिन्न विवादमा तानिएपछि जबराविरुद्ध ठोस निर्णय गर्न बारलाई कानून व्यवसायीहरूले दबाब दिँदै आएका छन्।
प्रधानन्यायाधीशको राजीनामा मागदेखि अदालत प्रवेशमा रोक लगाउनुपर्ने, अदालतका अन्य न्यायाधीशले बेन्च सेयर गर्न नहुने भन्दै कानुन व्यवसायीले दबाब बढाएका छन्।
त्यही सेरोफेरोमा आज बारका पदाधिकारी र प्रधानन्यायाधीश जबराबीच छलफल चलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।